यो महिना तपाईका लागि सूर्यको गोचर छैठौं भावमा हुनेछ। यो महिना तपाईका लागि उपयोगी छ, यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । राििश स्वामी मंगलको गोचर बाह्रौं भावमा रहने र सूर्यको पनि पूर्णदृष्टि पर्ने हुँदा यो खर्च बढ्ने महिना पनि हो । यो महिना तपाईका लागि शुभ अंक ३, शुभ बार बिहीबार, शुभ रंग पहेलो वा सुन्तला र शुभ दिशा उत्तर रहनेछ ।
यो महिना तपाईका लागि सूर्यको गोचर पञ्चम भावमा हुनेछ । यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारको उन्नती र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा बिद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडी परिनेछ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गर्नु शुभ हुनेछ, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । प्रेम जीवनमा उतारचढाव आउनेछ। आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा पूर्व र शुभ रंग रातो हुनेछ ।
यो महिना तपाईंका लागि सूर्यको गोचर चौथो भावमा हुनेछ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ। सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रका उच्च अधिकारी सित मनमुटाव र तिक्तता बढाउने अवस्था हुन सक्छ । यो महिना तपाईको स्वस्थ्य अवस्था हेर्दा हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्ने सक्नेछ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । पतिपत्नी बिच घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइन सक्छ, तर पनि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउन सक्नेछ । यो महिना तपाईका लागि शुभ अंक ५, शुभबार बुधबार, शुभ रंग हरियो, शुभ दिशा पश्चिम रहनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर तृतीय भावमा हुनेछ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामथ्र्य र हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिनरदिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, देखि सतर्क रहने समय हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो महिना तपाईका लागि शुभ अंक २, शुभ बार सोमबार, शुभ रंग सेतो र गुलाबी, शुभ दिशा उत्तर रहनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक क्षेत्रमा ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने महिना हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले बिद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढाव चलिरहन्छ, तर यस्ता कुराले प्रेमसम्बन्ध झन प्रगाढ बन्दै जानेछ । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेर बोल्नु उत्तम हुनेछ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ । यो महिना तपाईका लागि शुभ अंक १, शुभ बार आईतबार, शुभ रंग रातो र शुभ दिशा पूर्व रहनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर शिरमा हुुनेछ । यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछन। आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार को भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ५, शुभ बार बुधबार, शुभ रंग सुन्तला र शुभ दिशा दक्षिण हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर बाह्रौं भावमा हुनेछ । यो महिना खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हुनेछ । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । रुपैयाँपैसा चोरी हुने खतरा छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा खानपानमा खर्च बढ्न सक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यो महिना परिवार एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्न प्रयास गर्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ रंग सेतो र शुभ दिशा पश्चिम हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर लाभ स्थानमा हुनेछ। तपाईंका लागि आशावादी, उत्साही र सकारात्मक समयको आगमन भएको छ । तपाईका इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन। तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, दाम्पत्य प्रेमसम्बन्ध का लागि पनि उत्तम महिना हो । आय आर्जनका मार्गमा सुधार आउने छ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । यो महिना बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे सतर्क भएर व्यावहार गर्नु आवश्यक देखिन्छ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार मंगलबार, शुभ रंग रातो र शुभ दिशा उत्तर हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर दशम भावमा हुनेछ । यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने महनिा हो । व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीहरूले चाहेको जिम्मेबारी पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । यो नयाँ जिम्मेवारी पाउने समय हो । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन कठिन हुनेछ । परम्परा र आध्यात्मिकतातर्फ सामान्य चासो बढ्न सक्छ । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ। मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ३, शुभ बार बिहिबार, शुभ रंग पहेंलो र शुभ दिशा पूर्व हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर भाग्य स्थानमा हुनेछ । पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हुनेछ । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने महिना छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पद्र्धामा सफल भइने छ । यस समयमा धर्म, अध्यात्म र दर्शनका विषयहरूमा पनि रूचि बढ्ने र अध्ययन गर्नुहुने लक्षण देखिन्छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । यो महिना पिता को स्वास्थ्यमा बाधा पुग्न सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा बृद्धि हुनसक्छ । यो महिना तपाईका लागि शुभ अंक १, शुभ बार शुक्रबार, शुभ रंग निलो र शुभ दिशा दक्षिण हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर अष्टम भावमा हुनेछ । स्वास्थ्य कमजोर हुने वा दुर्घटना हुने सम्भावना भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो महिना काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । अनायायसै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुन सक्छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन । पछाडि बसेर आलोचना गर्ने गोप्य रुपमा सक्रिय हुनेछन । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि बाधा हुनसक्छ । कार्यक्षेत्रमा उच्च अधिकारी हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन सक्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउन सक्छ । त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । आफन्तका बीचमा नै विश्वासको कमी हुनसक्छ । तपाईंको मानसिक सन्तुलन बिग्रन सक्ने देखिन्छ। आफन्तका बीचमा राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुन सक्छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । यो महिना तपाईका लागि शुभ अंक २, शुभ बार बिहीबार, शुभ रंग खैरो र शुभ दिशा पश्चिम हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर सातौं भावमा हुनेछ । सातौं भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । यो महिना पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जाने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ। तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन। स्वास्थ्य अवस्था हेर्दा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ। व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु शुभ हुनेछ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन। बिद्र्यार्थीले पढाइलाई माध्यम बनाएर विदेशयात्रा गर्ने, अनुसन्धानात्मक कार्य गर्ने र छात्रवृत्तिका लागि प्रयास गर्नु शुभ हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ३, शुभ बार बिहीबार, शुभ रंग पहेंलो र शुभ दिशा उत्तर हुनेछ ।