राशिफल २०७६ कार्तिक महिना
बरिष्ठ ज्योतिष एवं वास्तुविद – ९८४२२१९७३५
ज्योतिष पण्डीत हरिप्रसाद भण्डारी
बि सं २०७६ साल कार्तिक महिनाको राशफल ।
सर्वप्रथम यो महिना पर्ने मुख्य पर्व तथा दिनहरु
कार्तिक १ गते – तुला संक्रान्ति। सुर्य तुला राशिमा प्रवेश ।
कार्तिक ३ गते – रवि सप्तमी व्रत । आईतबार सुर्यको व्रत शुरु र समापन गर्न सकिने दिन।
कार्तिक ७ गते – रमा एकादी व्रत, संयुत्तराष्ट्रसंघ दिवस, र शसस्त्र प्रहरी दिवस रहेको छ।
कार्तिक ८ गते – धन त्रयोदशी व्रत, धनतेरस ।
कार्तिक ९ गते – काग तिहार, धनवन्तरी जयन्ती, ।
कार्तिक १० गते – लक्ष्मीपुजा व्रत, महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति र कुकुर तिहार ।
कार्तिक ११ गते – म्हः पुजा, गाई तिहार ।
कार्तिक १२ गते – गोवर्धन पुजा, तिहार भाईटिका, नेपाल सम्बत ११४० र किजा पुजा रहेको छ।
कार्तिक १६ गते – छठ पर्व ।
कार्तिक १७ गते – रवि सप्तमी व्रत । आईतबार सुर्यको व्रत शुरु र समापन गर्न सकिने दिन।
कार्तिक २० गते – कुष्माण्डव नमवी व्रत।
कार्तिक २२ गते – हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह।
कार्तिक २५ गते – महाँगुरु फाल्गुनन्द जयन्ती ।
कार्तिक २६ गते – गुरु नानक जयन्ति ।
कार्तिक ३० गते – अन्तराष्ट्रिय सहनशिलता दिवस।
मेष राशिका लागि यो महिना शुभ रहेको छ। राशि स्वामी मंगलको गोचर छैठौं भावमा रहने हुनाले रोग संग लड्ने क्षमता बलियो हुनेछ भने शत्रुहरु पनि पाखा लाग्नेछन । यो महिना व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । साझेदारी बाट कुनै नयाँ कार्यको शुरुवात हुन सक्नेछ। रमाईलो एवं मनोरञ्जनका लागि मन लालायित हुनेछ। तृतीय भावमा राहुको प्रभावले साहस तथा पराक्रम उच्च रहनेछ। अध्ययन कार्य मिश्रित रहनेछ। आफ्ना दाजुभाई सँग भने कतिपय विषयमा विवाद पर्न सक्नेछ। विद्यार्थीका लागि पढाईमा प्रगती हुने योग छ। दाम्पत्य जिवन सुमधुर रहनेछ । आपसी समझदारीमा महत्वपूर्ण निर्णय हुन सक्नेछन । प्रेम सम्बन्ध सुमधुर रहनेछ। तपाँईले यो महिना मेष, सिंह र धनु राशिका व्यक्ति सँग सहकार्य गर्नु भएमा शुभ हुनेछ । यो महिना तपाँईका लागि शुभ रंग रातो, शुभ अंक ९ रहनेछ । कुनै पनि महत्वपूर्ण कार्य ९, १८ वा २७ गते शुभारम्भ गर्नु शुभ हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि रातो रंगको कपडा दान गर्नु एवं दैनिक हनुमान चालिसाको पाठ गर्नु÷श्रवण गर्नु उत्तम हुनेछ ।
वृष राशिका लागि यो महिना मिश्रित रहेको छ । राशि स्वामी शुक्रको गोचर बुध र सुर्य कासाथ छैठौं भावमा रहनेछ। यस बाट शत्रु पराजित हुनेछन भने रोग प्रतिरोध क्षमता पनि सबल रहनेछ। शुक्रको कमजोर प्रभावले स्त्रि साथी बाट धोका हुन सक्नेछ। विपरित लिंगी साथीका कारण ईज्जत प्रतिष्ठामा आँच आउन सक्ने हुनाले सचेत रहनु आवश्यक छ। विद्यार्थीको पढाईका लागि यो महिना शुभ रहनेछ। शनि र केतु अष्टम भावमा रहने हुनाले कतिपय अवस्थामा कार्यमा ढिलासुस्ती एवं झमेलाहरु आई लाग्न सक्नेछन । चोटपटक को पनि भय रहने हुनाले सवारी साधन चलाउँदा एवं मेशिनरी सामानको प्रयोग गर्दा सचेतता अपनाउनु आवश्यक छ। व्यापार व्यावसायमा विभिन्न बाधा अड्चन हरु आउन सक्नेछन । आर्थीक अवस्था मध्यम रहनेछ । प्रेम तथा पारिवारिक जिवन मा मिश्रित अवस्था देखिन्छ। आपसी सहमतिबाट विवादको समाधान गर्नु उत्तम हुनेछ । तपाँईका लागि वृष, कन्या र मकर राशिका व्यक्ति सँगको सहकार्य शुभ रहनेछ । तपाँइका लागि यो महिना शुभ अंक छ, शुभ रंग सेतो र शुभ दिशा दक्षिण र पूर्व रहनेछन। तपाईका लागि ६, १५, २४ गते विशेष शुभ दिन रहेका छन यो महिना ग्रहको शुभ प्रभावका लागि वृद्ध आमाबुवा लाई सेतो कपडा दान गर्नू उत्तम हुनेछ ।
मिथुन राशिका लागि यो महिना लग्नमा राहु र सप्तम भावमा केतुको प्रभावले पारिवारिक समस्या देखिनेछ भने ईज्जत प्रतिष्ठामा समेत आघात पुग्नेछ । तर पञ्चम भावमा बुध र सुर्य को गोचर रहनाले बौद्धिक एवं सिर्जनात्मक क्षमता सबल रहनेछ। यो महिना कुनै रचनात्मक कार्य बाट नाम र दाम कमाउन सकिनेछ । आत्मबिस्वास उच्च हुने देखिन्छ । नोकरी तथा व्यावसायमा महत्वपुर्ण सफलता मिल्नेछ। कुनैपनि समस्याको बौद्धिक तरिका बाट समाधान गर्न सक्नुहुनेछ । आफ्ना आफन्त सँग आर्थीक विषयमा विवाद पर्न सक्नेछ त्यसैले व्यावहार गर्दा सचेत रहनुहोला । पञ्चम भावमा शुक्र र बृहस्पतिको गोचर रहनाले सन्तान बाट सुख प्राप्त हुनेछ । अध्ययन कार्य सफल रहनेछ । नोकरीमा शुभ समय रहनेछ । सप्तम भावमा शनि र केतुको खराब योग ले गर्दा जिवन साथीको स्वास्थ्य कमजोर हुने, कार्यमा ढिलासुस्ती हुने एवं सामान्य चोटपटक को सम्भावना रहनेछ । यो महिना तपाँईले मिथुन, तुला र कुम्भ राशिका व्यक्ति सँग सहकार्य गर्नु भएमा उत्तम हुनेछ । यो महिना तपाँईका लागि शुभ रंग पहिलो र शुभ अंक ३ हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि मंगलबार श्री गणेश लाई हरियो दुबो चढाएर पुजा गर्नु उत्तम हुनेछ ।
कर्कट राशिका लागि यो महिना शुभ रहेको छ । तृतीय भावमा मंगलको प्रभाव रहने हुनाले साहस तथा पराक्रम उच्च रहनेछ। नोकरी गर्ने हरुका लागि यो महिना प्रभावशाली रहनेछ। तपाईको कुनै सरकारी निकायमा काम अल्झिएर रहेको छ भने यो महिना त्यो काम पुरा हुन सक्ने देखिन्छ। पञ्चम भावमा बृहस्पतीको प्रभावले बिद्यार्थीको पढाईमा महत्वपूर्ण प्रगती हुनेछ। तपाईको बौद्धिक तर्क र सिर्जनशिलताको कदर हुनेछ। घरपरिवार तथा ईष्टमित्र सँग रमाईलो गर्ने योग छ। छैठौं भावमा शनि को गोचर रहनाले रोग र शत्रु सँग भने लड्न सक्नुहुनेछ । शत्रु पराजित हुनेछन। आफ्ना आफन्त बाट उचित सहयोग प्राप्त हुनेछ । आर्थीक अवस्था मध्यम रहनेछ । यो महिना प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । तपाँईका लागि यो महिना शुभ राशि कर्कट, वृश्चिक, र मिन हुन । शुभ अंक २ रहनेछ । शुभ रंग सेतो र शुभ बार सोमबार हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि सोमबार शिवजीको पुजाआराधना गर्नु उत्तम हुनेछ ।
सिंह राशिका लागि यो महिना मिश्रित रहेको छ । धन स्थानमा मंगलकोे गोचर रहनाले आफ्नो बोलीका कारण अनावश्यक धन खर्च हुन सक्नेछ। संयम रहनु होला। आफ्नो साहस तथा परिश्रम बाट अप्ठ्यारा परिस्थिति लाई पार लगाउन सक्नुहुनेछ । तर आफ्ना दाजुभाई संग विवाद पर्न सक्नेछ। व्यापार व्यावसायमा सफलता मिल्नेछ । धनसम्पति एवं बाहन जोड्ने योग छ। सामाजिक एवं सांस्कृतिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। नोकरीमा सफलता मिल्नेछ । विद्यार्थीको पढाई कमजोर हुने देखिन्छ त्यसकारण बढि मेहेनत गर्नु आवश्यक छ । पारिवारिक सम्बन्ध मा समस्या देखिन सक्नेछ । आर्थीक लेनदेनका कारण परिवारका सदस्य सँग मतभेद बढ्न सक्नेछ सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ एक अर्काको सुख दुखमा महत्वपूर्ण साथ र सहयोग रहनेछ । यो महिना सिंह, धनु र मेष तपाँईका लागि शुभ राशि हुन । तपाँईका लागि यो महिना शुभ रंग हरियो, शुभ अंक ५, १४, र २३ रहनेछ । यो दिनमा महत्वपुर्ण कार्यको शुरुवात गर्नु उत्तम हुनेछ । यो महिना ग्रहको शुभ प्रभाव का लागि आईतबार सुर्यलाई जल चढाउनु उत्तम हुनेछ ।
कन्या राशिका लागि यो महिना शुभ रहेको छ । सुर्य र बुधको गोचर धन भावमा रहनाले बोलीमा प्रभावकारीता बढ्नुका साथै व्यापार व्यावसाय बाट राम्रो फाइदा हुनेछ। तृतीय भावमा बृहस्पतीको प्रभाव छ त्यसैले कुनै पनि महत्वपूर्ण निर्णय लिन अगाडी आफ्ना दाजुभाई सँग सरसल्लाह गरि निर्णयमा पुग्नु शुभ हुनेछ। सामाजिक सांस्कृतीक त्रियाकलापमा सहभागीता हन पाईनाले मन प्रफुल्ल रहनेछ। पुराना साथी भाई सँग भेटघाट हुने योग छ। पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ। व्यापार ब्यावसाय बाट उचित प्रतिफल प्राप्त हुनेछ । विशेष गरि काठ, ढुङ्गा तथा सजावट सँग सम्बन्धित व्यापार व्यावसाय बाट बढि लाभ हुने देखिन्छ । यो महिना प्रेम जिवन सफल रहनेछ । सामान्य मतभेद हरु सजिलै सुल्झिनेछन । विद्यार्थीलाई पढाईमा सफलता मिल्नेछ । तपाँइका लागि कन्या , मकर र वृष राशि शुभ रहनेछन यि राशिका व्यक्ति सँग को साझेदारी उपलब्धिमुलक हुनेछ । यो महिना तपाँइका लागि शुभ अंक ५ र शुभ रंग पहेंलो रहनेछ । यो महिना ५, १४ र २३ गते शुभ दिन रहनेछन । यो महिना ग्रहको शुभ प्रभावका लागि कुनै सन्त, महात्मा एवं विशिष्ट व्यक्तित्व लाई पहेंलो रंगको कपडा दिन वा दान गर्नु शुभ हुनेछ ।
तुला राशिका लागि यो महिना बुध र सुर्य लग्न भावमा रहने हुनाले आत्मविश्वास उच्च रहनेछ । आध्यात्मिक एवं सामाजिक काम बाट ईज्जत र प्रतिष्ठा बढेर जानेछ । त्यसैगरि धन स्थानमा बृहस्पति को गोचर ले आम्दानी बढ्ने एवं आय आर्जन का नयाँ स्रोतहरु देखपर्ने योग छ । ब्यापार व्यावसाय बाट राम्रो फाईदा हनेछ । बोलीको प्रभाव दरिलो रहनेछ। बिद्यार्थीको पढाईमा मन जानेछ । शनी र केतु को प्रभाव तृतीय भावमा रहने हुनाले उच्च संवेगका कारण आफ्ना बन्धुबान्धव सँग कतिपय विषयमा विवाद पर्न सक्नेछ। यो महिना प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ विशेष गरि आफ्नो जिवनसाथि सँग महत्वपूर्ण विषयमा छलफल र सद्भाव हुनाले नसोचेको काम बन्न सक्नेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ । सुमधुर सम्बन्धका लागि धैर्य र सहनशिलता आवश्यक हुनेछ । कन्या, मकर र वृष राशि तपाँइका लागि शुभ राशि हुन । तपाँइका लागि यो महिना शुभ अंक ५, शुभ रंग हरियो र गुलाबी रहनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि बिष्णु भगवानको पुजाआराधना गर्नु उत्तम हुनेछ ।
बृश्चिक राशिका लागि यो महिना शुभ रहेको छ । शिर मा बृहस्पति ग्रहको गोचर रहने हुनाले मनमा धार्मीक एवं आध्यात्मिक भावना बढ्नेछ । राजनितिक तथा सामाजिक कार्यमा अग्रसर हुनाले मान र प्रतिष्ठा बढ्नेछ । शनि र केतुको गोचर मुखमा रहने हुनाले यो महिना दाँत तथा मुख सम्बन्धि समस्याले पिरोल्न सक्नेछ। खानपान तथा आफ्नो व्यत्तिगत स्वास्थ्यबारे सचेत रहनु उत्तम हुनेछ। आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यावसायमा सफल महिना रहनेछ विशेष गरि श्रृङ्गार तथा सजावट सम्बन्धि बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । हरेक कार्यमा आफ्नो जिवनसाथीको महत्वपूर्ण साथ र सहयोग प्राप्त हुनेछ । नोकरी बाट सन्तुष्टि मिल्नेछ । बाह्रौं भावमा बुध र सुर्यको गोचर रहने हुनाले स्वास्थ्यमा समस्या देखिने तथा अनावश्यक खर्चको मात्रा बढ्न सक्नेछ । बिदेश यात्राको क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । यो महिना प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमिबाट निरन्तर सहयोग प्राप्त हुनेछ । तपाँइका लागि यो महिना शुभ अंक ९ रहको छ भने शुभ रंग रातो रहनेछ । तपाँईका लागि मिन, कर्कट र धनु राशि शुभ हुन । यो महिना तुला राशिका लागि ९, १८ र २७ गते शुभ दिन रहेका छन। यो महिना ग्रहको शुभ प्रभावका लागि दैनिक शनि महामृत्युञ्जय पाठ गर्नु शुभ हुनेछ ।
धनु राशिका लागि यो महिना उतारचढावयुक्त रहनेछ । शिरमा केतु र शनिको प्रभाव रहने हुनाले परिश्रम बढि तर उपलब्धि भने कम हुने अवस्था देखिन्छ । अनावश्यक विवादमा फस्न सकिने र ईज्जत प्रतिष्ठामा आँच आउन सक्नेछ। स्वास्थ्यमा पनि समस्या देखिन सक्छ । तर पनि लाभ स्थानमा बुध, सुर्य र शुक्रको गोचर हुने हुनाले व्यापार व्यावसाय तथा नोकरीमा सफलता मिल्नेछ। सरकारी निकाय सँग सम्बन्धित कामहरु बन्नेछन । उच्च पदस्थ व्यक्तिको साथ र सहयोग ले समस्या समाधानमा सहयोग पुग्नेछ। प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । आफ्नो प्रेमिबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यो महिना स्वास्थ्य अवस्था सबल बनाउन आफ्नो खानपान र व्यायाम मा विशेष ध्यान दिनु होला । तपाँइका लागि धनु, मेष र सिंह राशि शुभ हुन । तपाँईका लागि यो महिना शुभ अंक ३ रहनेछ भने शुभ रंग रातो र पहेंलो हुनेछ । यो महिना मा ३, १२ र २१ गते शुभ दिन रहेका छन। यो महिना ग्रहको शुभ प्रभावका लागि मंगलबार हनुमानको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
मकर राशिका लागि यो महिना शुभ रहनेछ । बुध र सुर्य को गोचर दशम भावमा हुने हुनाले उच्च पदस्थ व्यक्तित्व सँग घनिष्ठता कायम हुनेछ । साथै नोकरीमा सफलता मिल्नेछ । माता पिताका का साथै समाजका प्रतिष्ठित व्यक्तित्वको आशिर्वाद एवं सहयोग प्राप्त हुनेछ । सामाजिक एवं सांस्कृतीक क्रियाकलाप मा योगदान गर्न सकिनेछ। आर्थीक अवस्था सुदृढ रहनेछ । घरजग्गा एवं सुन सम्बन्धि कारोबार बाट बढि लाभ मिल्नेछ । यो महिना पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परिवार बिच राम्रो मेलमिलाप हुनाले हरेक कार्यमा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थी वर्गका लागि सन्तोषजनक समय छ । आफ्नो परिश्रम अनुसार सफलता प्राप्त हुनेछ । व्यय भावमा शनि र केतुको प्रभाव रहने हुनाले यो महिना अनावश्यक खर्च बाट बच्नु शुभ हुनेछ । यो महिना मुख तथा घाँटी सम्बन्धि समस्या देखिन सक्ने हुनाले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु उत्तम हुनेछ। तपाइँका लागि मकर, वृष र कन्या राशि शुभ रहनेछन । यो महिना तपाँइको शुभ अंक १ हो भने शुभ रंग पहेंलो हुनेछ । यो महिना १, १० र १९ गते शुभ दिन रहेका छन। यो महिना ग्रहको शुभ प्रभावका लागि गौमाताको सेवा गर्नु उत्तम हुनेछ ।
कुम्भ राशिका लागि यो महिना शुभ रहेको छ। भाग्य स्थानमा बुध र सुर्य गोचर रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । बौद्धिक क्षमता बढ्नेछ । कर्म स्थानमा बृहस्पतिको प्रभाव रहनाले नोकरी मा सफलता मिल्नेछ । व्यापार व्यावसायमा सोचे अनुरुप फाईदा हुनेछ । विशेष गरि फेशन तथा सुन्दरता सँग सम्बन्धित सामग्रीको कारोबार बाट बढि लाभ हुनेछ । सवारी साधन लगायत अन्य चलअचल सम्पति जोड्न सकिने योग छ । पारिवारिक जिवन सुमधुर रहने देखिन्छ । प्रेम सम्बन्ध थप प्रगाढ हुने महिना छ । विद्यार्थीको अध्ययन कार्य सफल हुने महिना रहेको छ लाभ भावमा शनिको गोचर रहनाले यो महिना धातु तथा सवारी साधना सँग सम्बन्धित कारोबार बाट बढि नाफा आर्जन हुने देखिन्छ। कुम्भ, मिथुन र तुला तपाँइका लागि शुभ राशि हुन । तपाँईका लागि यो महिना शुभ अंक ४ र शुभ रंग निलो रहनेछ । यो महिना ४, १३ र २२ गते शुभ दिन रहेका छन । यो महिना ग्रहको शुभ प्रभावका लागि वृद्ध नागरिकको सेवा तथा सम्मान गर्नु उत्तम हुनेछ ।
– मिन राशिका लागि यो महिना मिश्रित रहेको छ । बुध र सुर्यको गोचर अष्टम भावमा रहने हुनाले मानसिक रुपमा तनावयुक्त महिना रहन सक्नेछ । अनावश्यक विवाद मा पर्न सकिनेछ त्यसैले आफ्नो बोली र व्यावहारमा संयमता अपनाउनुहोला । परिश्रम अनुसार सफलता हात नलाग्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मध्यम महिना रहनेछ । नोकरी गर्ने स्थानमा सहकर्मी साथि सँग मनमुटाव बढ्न सक्नेछ तर पनि भाग्य स्थानमा बृहस्पतीको गोचर रहने हुनाले केहि कठिनाईका बावजुद पनि भाग्यले साथ दिनेछ । निरन्तर सकारात्मक तरिका बाट काममा लागि पर्नु भएमा केहि ढिलो भएपनि सफलता हात लाग्नेछ। अध्ययन अध्यापन कार्य पनि शुभ रहनेछ । पे्रम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । परिवार मा रमाईलो वातावरण सिर्जना हुनेछ । आफ्नो जिवन साथीको हरेक कार्यमा सहयोग र सल्लाह प्राप्त हुनाले आत्मविश्वास उच्च रहनेछ । यो महिना प्रेम सम्बन्ध थप प्रगाढ हुनेछ । चौथो भावमा राहुको प्रभाव रहने हुनाले माता पिताको स्वास्थ्यमा समस्या भएर केहि चिन्ता बढ्न सक्नेछ। यो महिना तपाँईका लागि शुभ अंक ३ र शुभ रंग निलो रहनेछ । यो महिनामा शुभ दिनहरु ३, १२ र २१ गते हुन् । यो महिना ग्रहको अशुभ प्रभाव कम गर्न शनि मन्दिर गएर शनिदेवको पुजा आराधाना गर्नु शुभ हुनेछ ।