आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छा। गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । गृहिणीहरूका लागि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ, पतिका साथमा वा पारिवारिक भ्रमणमा कतै घुमघामको अनुकूलता मिल्न सक्छ । छात्रछात्राले नयाँ ज्ञान सिक्ने मौका छ ।
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । छात्रछात्राले पढाइमा त्यति मन नलगाए पनि कुनै न कुनै नयाँ कुरो सिक्ने मौका छ । बन्दव्यापार गर्नेहरूलाई सामान्य रूपमा फाइदा नै हुनेछ । कामदारहरूको श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । आज आवेश र घमण्डमाथि नियन्त्रण गर्न सकिंदैन, हतारमा स्वनिर्णयमा गरेको कामबाट फाइदा हुने देखिंदैन, त्यसैले संयम हुँदै कुनै पनि निर्णय गर्नुअघि जान्ने बुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ ।
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम गरी प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन र आँटेका काम पनि सजिलै सम्पादन हुनेछन। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । विद्यार्थी र किशोर र किशोरीका लागि आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । गृहस्थीहरूले आज कमाएको धन दीर्घकालिक प्रयोजनका लागि खर्च गर्नेछन । आज सबैका लागि पुरानो समस्यालाई निवारण गरी अघि बढ्ने समय हो । गृहिणीहरूले माइतीपक्षको शुभ समाचार सुन्न पाउने छन ।
चन्द्रमा चौथो भावमा पुगेको छ, बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन । जान्नेबुझ्नेको सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । यद्यपि सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । विदेशमा बस्नेका लागि नचिताएको आम्दानी हुने वा कामबाट फुर्सदिलो भएर मनोरञ्जन गर्ने दिन छ ।
सामाजिक र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरी छाडिने छ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन भने रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ । छात्रछात्रा र अध्येताहरूका लागि आज प्राज्ञिक क्षमता बढ्ने समय देखिन्छ ।
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ । विद्यार्थीहरूले मौखिक क्रियाकलापमा सफलता कमाउने दिन हो तर गृहिणीहरूले बाझोजुझोबाट टाढा रहनु जाति हुन्छ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । छात्रछात्राहरूका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ, पढाइमा प्रगति हुनेछ । गृहिणीहरूको मन फुरुङ्ग हुने समय छ, इष्टमित्रको साथसहयोग मिल्नेछ ।
बाह्रौं भावमा चन्द्रमा भए पनि अन्य ग्रहको लाभकारी दृष्टि परेकाले अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । व्यापारीहरूले होसियारीसाथ काम लिनुपर्ने समय छ, तर लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । परदेशमा बस्नेहरूले रामरमाइलो र घुमघामको अवसर पाउने छन, तर केही रकम खर्च गर्नुपर्ने परिस्थिति बन्नसक्छ । छात्रछात्राले गरेको कडा मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
लाभ भावमा चन्द्रमा पुगे पनि आशलाग्दो समय देखिंदैन, यद्यपि कृषि तथा पशुपालनका क्षेत्रमा सोचेको लाभ प्राप्त हुनेछ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन। प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । तर ईष्र्या गर्नेहरूले सताउने दिन छ, बेलुकीपख अर्थअभावले गर्दा आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । विद्यार्थी र युवायुवतिले सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । पछाडि बसेर कुरा काट्नेहरू अब चुप लाग्नेछन। नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । गृहिणीहरूले सन्तान पक्षबाट सहयोग पाउने समय हो । व्यवसायीहरूका लागि उद्योगधन्दा र व्यापारमा विशेष फाइदा हुने समय छ । विद्यार्थीहरूले प्रतिस्पर्धीलाई उछिन्ने समय छ ।
मिश्रित प्रभाव भएको दिन छ । यद्यपि आज आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, कीर्तिमानी काम सम्पादन हुनसक्छ । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन भने कर्मयोग र आम्दानीले पछ्याउनेछन। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना पनि देखिन्छ । घरिघरि मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । जुनसुकै काम गर्दा सचेत र सावधान भएर गर्नुपर्छ, किनभने जस पाउने समय छैन, गरेका कामको सर्वत्र आलोचना हुनसक्छ ।
अष्टमस्थ चन्द्रमा रहेकाले इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुने छैनन। काममा अनावश्यक प्रतिस्पर्धा र वादविवादमा रुमल्लिने समय आएको छ । आज विरोधी र प्रतिद्वन्द्वीहरूले तपाईंलाई अप्ठ्यारोमा पार्न ठूलै चलखेल गर्ने सङ्केत छ । त्यसैले सचेत हुनुपर्छ, जुनसुकै काम गर्दा चुनौतीको सामना गर्नुपर्ला । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । आर्थिक रूपमा नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँगको आत्मीयतामा पनि कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।