बार्षिक राशिफल २०७६
यो वर्ष ग्रह गोचरको अवस्था
यो वर्ष मुख्य ग्रहहरु राहु मिथुन राशिमा, केतु धनु राशिमा, शनि धनु राशिमा र बृहस्पति कार्तिक १९ गते सम्म बृश्चिक राशि र त्यसपछि वर्ष भरि नै धनु राशिमा गोचर गर्ने छन ।
समग्रमा अन्य ग्रहहरुको गोचरक को अवस्था पनि विष्लेषण गरि यो वार्षिक राशिफल तयार गरिएको छ ।
राशिफल शुरु गरौं मेष राशि बाट
मेष राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु तृतिय भावमा, शनी र केतु भाग्य स्थानमा , अनि बृहस्पती मंसिर १४ सम्म आठौं भावमा र त्यसपछि भाग्य स्थानमा गोचर गर्नेछन । यो वर्ष तपाईको साहस तथा पराक्रम उच्च रहनेछ । आफ्नो कार्यमा जिम्मेवारी बोध हुनेछ । यसले गर्दा तपाईले बनाएका योजना हरु पुरा हुनेछन । ब्यापार व्यावसायमा सफलता मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य सामाग्रीको कारोबार बाट बढि लाभ हुने देखिन्छ । आर्थिक अवस्थामा उतारचढाव देखिए पनि समग्रमा सफल वर्ष रहनेछ। यो वर्ष सामाजिक कार्यमा मन जानेछ भने उच्च पदस्थ व्यक्ति एवं संस्था बाट सम्मान प्राप्त हुने योग छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । आफ्नो जिवन साथि सँगको घनिष्ठता थप मजबुत हुनेछ। साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ । विद्यार्थी वर्गका लागि पनि यो वर्ष मिश्रित रहेको छ । सफलताका लागि सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक छ। यो वर्ष तुलानात्मक रुपमा असार, असोज, माघ र फागुन बढि शुभ रहेका छन । तपाईका लागि यो वर्ष शुभ अंक ९, १८ र २७, शुभ दिशा पुर्व र शुभ रंग रातो हुन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।
वृष राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु धन स्थानमा, बृहस्पति सप्तम स्थानमा, शनि र केतु अष्टम भावमा गोचर गर्नेछन । यो वर्ष विशेष गरि आर्थीक अवस्थामा बढि उचरचढाव देखिन सक्नेछ । धन स्थानमा राहुको प्रभाव ले गर्दा लगानी फस्न सक्ने देखिन्छ । यो वर्ष आर्थिक लेनदेन वा नयाँ क्षेत्रमा लगानी गर्नू अगाडी गम्भिर रुपमा बिचार गर्नु आवश्यक छ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । परिवार मा मेल मिलाप र शान्ति कायम रहनेछ । नोकरी गर्ने हरुका लागि यो वर्ष नयाँ कुरा सिक्न पाईने अवसर जुट्नेछ । विभिन्न तालिम तथा प्रशिक्षणका अवसर हरु जुट्नेछन । प्रेम सम्बन्ध यो वर्ष सुमधुर रहने छ । आफ्नो प्रेमी सँग समय समयमा रमाईला पल हरु बिताउने अवसर जुट्नेछ । विद्यार्थीका लागि हेर्दा यो वर्ष पढाई लेखाईमा महत्वपुर्ण सुधार हुने देखिन्छ । यो वर्ष तुलनात्मक रुपमा साउन, कार्तिक, फागुन र चैत महिना बढि शुभ रहेका छन। यो वर्ष वृष राशिलाई अढैया शनिको प्रभाव रहने हुनाले जन्मकुण्डलीमा शनि अशुभ हुने व्यक्तिहरु लाई झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने एवं मनमा अशान्ति पैदा हुन सक्नेछ । बिरोधिहरु ले तपाईको काम मा बाधा पार्न सक्नेछन । शनिको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ । तपाईका लागि यो वर्ष शुभ अंक ६, १५ र २४ हुन्, शुभ रंग सेतो एवं समुन्द्र र शुभ दिशा दक्षिण रहनेछन ।
मिथुन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु शिरमा, बृहस्पति छैठौं भावमा र शनि र केतु सप्तम भावमा रहनेछन । यो वर्ष बौद्धिक एवं सिर्जनात्मक कार्यमा सक्रियता बढ्नेछ । परिवारमा मांगलिक कार्यहरु हुनेछन । सन्तान बाट सुख मिल्नेछ । उनिहरुको खुशी र सफलतामा आनन्दित हुन पाउनु हुनेछ । देश बिदेशको यात्रा हुने योग छ । नोकरी गर्ने हरुका लागि सकारात्मक वर्ष रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । शिरमा राहुको प्रभाव रहने हुनाले आफुले गरेका राम्रा काम मा पनि अरु बाट आलोचना खेप्नु पर्ने देखिन्छ । त्यसैगरि सप्तम भावमा शनि र केतुको गोचर रहने हुनाले जिवन साथी सँग शारिरिक एवं भावनात्मक दुरी बढ्ने देखिन्छ । जिवन साथीको स्वास्थ्य बिग्रन सक्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । बिद्यार्थीले सोचे अनुरुप नै प्रगति गर्ने योग छ । । प्रेम जिवन सकारात्मक रहनेछ। तपाईको सुखदुखमा प्रेमीको साथ रहनेछ । यो वर्ष तुलनात्मक रुपमा बैशाख, जेठ, असोज र पुष महिना बढि शुभ रहेका छन । यो वर्ष तपाइका लागि शुभ अंक ५, १४, २३ हुन, शुभ रंग हरियो र सुन्तला र शुभ दिशा पश्चिम हुनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
कर्कट राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु व्यय स्थानमा, बृहस्पति पञ्चम भावमा, शनि र केतु छैठौं भावमा गोचर गर्नेछन । समग्रमा हेर्दा कर्कट राशिका लागि यो वर्ष शुभ रहेको छ । यो वर्ष आर्थीक अवस्था सबल रहने देखिन्छ । व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । नोकरी गर्नेहरुका लागि भने केहि बाधा व्यावधान एवं चुनौतीहरु देखिन सक्नेछन । आफ्नो कर्तव्य जिम्मेवारी बोधका साथ पुरा गर्नु उत्तम हुनेछ । प्रेम तथा पारिवारिक जिवन भने सकारात्मक रहनेछ । अप्ठ्यारो परिस्थितिमा साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । पञ्चम भावमा बृहस्पतीको प्रभाव रहने हुनाले बौद्धिक क्षमता भने सबल रहनेछ । परिश्रम अनुसार उच्च अंक प्राप्त गर्न सक्नुहुनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । यो वर्ष प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ। सामान्य मतभेद हरु देखिएपनि ठुलो समस्या भने हुने छैन । वर्षको मध्य भाग तिर भोग विलासमा बढि धन खर्च हुन सक्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार पनि सफल रहनेछ । यो वर्ष तुलनात्मक रुपमा बैशाख, जेठ, असोज र पुष महिना बढि शुभ रहेका छन । तपाईका लागि यो वर्ष शुभ अंक २, शुभ रंग सेतो र गुलाबी, र शुभ दिशा उत्तर र पुर्व रहनेछन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु शुभ हुनेछ ।
सिंह राशिका लागि यो वर्ष मुख्य ग्रहहरु बृहस्पती चतुर्थ भाव मा, शनि र केतु पञ्चम भावमा र राहु लाभ स्थानमा गोचर गर्ने छन । समग्रमा हेर्दा सिंह राशिका लागि यो वर्ष मिश्रित रहनेछ। यो वर्ष आर्थिक अवस्था सबल रहनेछ। व्यापारि वर्गका लागि शुभ समय रहनेछ । नयाँ क्षेत्र वा मानिसहरु बाट अर्डहरु आउनेछन । अचानक लाभ प्राप्त हुने अवस्था देखिन्छ । चतुर्थ भावमा बृहस्पतिको गोचर मंसिर महिना सम्म रहने हुनाले यो अवधिमा जग्गा जमिन एवं सवारी साधन जोड्ने योग रहेको छ । कृषि क्षेत्र का साथै । बैदेशिक क्षेत्र सँग सम्बन्धित कारोबार बाट बढि लाभ हुने देखिन्छ । नोकरी गर्नेहरुका लागि पनि पदोन्नती हुने एवं सेवा सुबिधा बढ्ने योग छ । कार्य स्थलमा जिम्मेवारी थप हुनेछ । उच्च पदस्थ व्यक्ति बाट प्रशंसा एवं पुरस्कार प्राप्त हुनेछ । पञ्चम भावमा शनि र केतुको प्रभाव रहने हुनाले यो वर्ष बिद्यार्थीको पढाईमा समस्या देखिन सक्नेछ । सचेत भएर निरन्तर अध्ययन गर्नु आवश्यक छ । प्रेम तथा पारिवारिक जिवन मिश्रित रहनेछ । त्यसैगरि यो वर्ष बाल बच्चाको स्वास्थ्यमा समस्या देखिने हुनाले सञ्चित धन खर्च हुनेछ। पारिवारिक सम्बन्ध सकारात्मक रहनेछ । आध्यात्मिक कार्यमा सरिक हुने एवं धार्मीक भ्रमणमा जाने योग छ । यो वर्ष तुलनात्मक रुपमा जेठ, असार, कार्तिक र माघ महिना बढि लाभ दायक रहेका छन । तपाईका लागि शुभ अंक १ र शुभ रंग रातो र पहेलो रहनेछन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान सूर्यलाई जल चढाउनु एवं पुजा आराधना गर्नु शुभ हुनेछ ।
कन्या राशिका लागि यो वर्ष मुख्य ग्रहहरु बृहस्पति साहस तथा पराक्रम स्थानमा, शनि र केतु चतुर्थ भावमा र राहु कर्म स्थानमा गोचर गर्नेछन । समग्रमा हेर्दा कन्या राशिका लागि यो वर्ष मिश्रित रहनेछ । आफ्ना दाजुभाई एवं साथीहरु बाट अप्ठ्यारो परिरिस्थितीमा साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट राम्रो लाभ हुनेछ । बिशेष गरि आयात निर्यात सँग सम्बन्धित कारोबार बाट प्रशस्त धन आर्जन हुनेछ । समग्रमा आर्थीक अवस्था सबल रहनेछ । बौद्धिक व्यक्ति हरु सँग घनिष्ठता बढ्नेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । नोकरी गर्नेहरुका लागि पदोन्नती हुने वर्ष रहनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । परिवारका सदस्य सँग बेला बेला छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । राजनितिक क्षेत्रमा पनि तपाईको उचाई बढ्नेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । यो वर्ष पढाई कमजोर हुनाले विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । कन्या राशि लाई यो वर्ष अढैया शनिको प्रभाव रहने हुनाले जन्मकुण्डलीमा शनि अशुभ हुने व्यक्तिहरु लाई झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने एवं मनमा अशान्ति पैदा हुन सक्नेछ । शनिको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ। यो वर्ष तुलनात्मक रुपमा असार, साउन, मंसिर र फागुन महिना बढि शुभ रहेका छन । तपाईका लागि यो वर्ष शुभ अंक ५, शुभ बार बुधबार र शुभ रंग हरियो र सुन्तला हुन । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
तुला राशिका लागि यो वर्ष मुख्य ग्रहहरु बृहस्पति धन स्थानमा, केतु र शनि तृतिय भावमा र राहु भाग्य स्थानमा गोचर गर्नेछन । समग्रमा हेर्दा तुला राशिका लागि यो वर्ष राम्रो वर्ष रहेको छ । यो वर्ष प्रशस्त धनसम्पत्ति आर्जन हुने र बचत पनि हुने योग छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ । आम्दानी का नयाँ स्रोतहरु फेला पर्नेछन । अघिल्लो वर्ष देखि अपुरा रहेका काम तथा आयोजना यो वर्ष पुरा हुनेछन । कर्मचारी वर्गका लागि भने यो वर्ष काम को बोझ थपिने वर्ष रहेको छ । सामाजिक एवं धार्मिक कार्यमा समय र सम्पत्ति लगानी हुनेछ । मनमा जोश जाँगर र उत्साह बलियो हुनेछ। विपरित लिङ्गी साथीको महत्वपुर्ण साथ र सहयोग ले चुनौतिहरु सामना गर्न सजिलो हुनेछ ।। नयाँ बस्त्र एवं नयाँ गरगहना जोड्ने योग देखिन्छ । परिवारमा बेला बेला समस्या हरु देखिनेछन । माता पिताको स्वास्थ्यमा समस्या देखिन सक्नेछ त्यसैगरि जिवन साथी सँग पनि मनमुटाव बढ्न सक्ने छ । सचेत रहनुहोला । बिद्यार्थीका लागि यो वर्ष सुनौलो रहेको छ । तपाईको परिश्रम को उच्च कदर हुनेछ । यो वर्ष प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो वर्ष तुलनात्मक रुपमा साउन, भदौ, पुस र चैत महिना बढि शुभ रहेका छन । तपाईका लागि शुभ अंक ६, शुभ अंक सेतो र हरियो रहनेछ भने शुभ दिशा पश्चिम हुनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि हनुमान चालीसाको पाठ गर्नु एवं हनुमानको पुजा आराधना गर्नु शुभ हुनेछ ।
बृश्चिक राशिका लागि यो वर्ष मुख्य ग्रहहरु बृहस्पतिको प्रभाव शिरमा पर्नेछ, शनी र केतुको प्रभाव धन स्थानमा र राहुको प्रभाव अष्टम भावमा पर्नेछ । समग्रमा हेर्दा यो वर्ष बृश्चिक राशिका लागि शुभ रहने छ । मंसिर महिना सम्म बृहस्पतिको प्रभाव शिरमा पर्ने हुनाले सामाजिक कार्यको मुल्यांकन बाट ईज्जत प्रतिष्ठा बढ्ने एवं पुरस्कार प्राप्त हुने समय रहनेछ । यो वर्ष तपाईको सञ्चार सिप मजबुत रहनेछ । तपाईको बोलीको प्रभाव ले गर्दा उच्च प्रतिष्ठित व्यक्तिले तपाईको सल्लाह र सुझाव मान्नु हुनेछ । धन स्थान मा शनि र केतुका कारण ले बढि उतारचढाव आउने एवं आर्थीक अवस्था नकारात्मक रहन सक्नेछ । अरुलाई परेको बेला सहयोग गर्न नसक्दा साथीभाई एवं ईष्टमित्र टाढिन सक्नेछन । व्यापार व्यावसाय हेर्दा विशेष गरि कृषि तथा पशुजन्य वस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । सन्तान बाट सुख हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम वर्ष रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । यो वर्ष बृश्चिक राशि लाई अन्त्य शनि शाढेशातीको प्रभाव रहने हुनाले जन्मकुण्डलीमा शनि अशुभ हुने व्यक्तिहरु लाई झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने एवं मनमा अशान्ति पैदा हुन सक्नेछ । शनिको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ। तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो हुनेछ र शुभ दिशा उत्तर हुनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि नवदुर्गा वा देविको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
धनु राशिका लागि यो वर्ष मुख्य ग्रहहरु शनि र केतु शिरमा, बृहस्पति बाह्रौ भावमा, र राहु सप्तम भावमा गोचर गर्नेछन । समग्रमा हेर्दा धनु राशिका लागि यो वर्ष मिश्रित रहनेछ । पेशागत सवाल यो वर्ष सबल रहनेछ । नोकरीमा सफलता मिल्नेछ भनें बढुवा समेत हुने योग छ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । लगानी अनुसार प्रतिफल प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन ।सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । पारिवारिक जिवन भने यो वर्ष कमजोर रहन सक्नेछ । विशेष गरि आफ्नो जिवन साथी सँग विश्वासको संकट देखिन सक्नेछ । परिवारका सदस्यको स्वास्थ्य बिग्रनाले सञ्चित धन खर्च हुन सक्नेछ । प्रेम सम्बन्ध मिश्रित रहनेछ । आपसी समझदारी कायम गर्न इमान्दार प्रयास आवश्यक छ । यो वर्ष अध्ययन अध्यापन कार्य सफल रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई राम्रो चुनौती दिन सक्नुहुनेछ । यो वर्ष धनु राशि लाई मध्य शनि शाढेशातीको प्रभाव रहने हुनाले जन्मकुण्डलीमा शनि अशुभ हुने व्यक्तिहरु लाई झुटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने एवं मनमा अशान्ति पैदा हुन सक्नेछ । शनिको शुभ फल प्राप्तिका लागि शनिस्तोत्र पाठ, हनुमान चालिसाको पाठ लगायतका शान्ति कर्म गर्नु उत्तम हुनेछ। यो वर्ष तपाईका लागि शुभ अंक ३, १२ र २१ हुनेछ, शुभ रंग सुल्तला र पहेंलो, शुभ दिशा पुर्व हुनेछन ।
मकर राशि – मकर राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु छैठौं भावमा, बृहस्पति लाभ स्थानमा, शनि र केतु बाह्रौं भावमा रहने छन । समग्रमा हेर्दा मकर राशिका लागि यो वर्ष मिश्रित रहनेछ । यो वर्ष प्रशासनिक क्षेत्रका काम हरु बन्नेछन । बृहस्पतीको लाभ स्थानमा गोचर रहने हुनाले असल कार्य बाट धन आर्जन हुनेछ । त्यसैगरि यो वर्ष सन्तान बाट समेत आर्थीक सहयोग प्राप्त हुने योग छ । शत्रुहरु पराजित हुनेछन । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । शनि र केतुको गोचर व्यय भावमा रहने हुनाले नसोचेको काम मा खर्च गर्नु पर्ने हुन सक्छ। अन्य क्षेत्रमा पनि अनावश्यक खर्च नियन्त्रण गर्नु चुनौती हुनेछ । विद्याथीृको पढाई कमजोर हुन सक्नेछ । राम्रो ध्यान दिनु आवश्यक छ । तपाईका लागि शुभ अंक १, १० र १९ हुनेछ, शुभ रंग निलो र शुभ दिशा दक्षिण रहनेछ। यो वर्ष ग्रहको शुभ प्रभावका लागि एकादशीको व्रत लिनु वा भगवान बिष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ ।
कुम्भ राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु पञ्चम भावमा, बृहस्पति कर्म स्थानमा, शनि र केतु लाभ स्थानमा गोचर गर्नेछन । समग्रमा हेर्दा कुम्भ राशिका लागि यो वर्ष सफल रहनेछ । कर्म स्थानमा बृहस्पतिको बलियो प्रभाव रहने हुनाले नोकरीमा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक परिक्षामा अन्य प्रतिस्पर्धिहरु लाई जित्न सक्नुहुनेछ । अधुरा रहेका कार्यहरु पुरा हुनेछन । बौद्धिक एवं सिर्जनात्मक क्षमता बढ्नेछ । स्वास्थ्य अवस्था पनि यो वर्ष सबल रहनेछ । आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । आर्थीक कारोबार सकारात्मक रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । नसोचेको क्षेत्रबाट आम्दानी प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा भने समस्या देखिन सक्नेछ । पढाई बाहेक का गतिविधीमा मन जाने हुनाले पढाईको तनाब बढ्न सक्नेछ । सहि योजनाका साथ जिम्मेवार भएर पढाईमा ध्यान दिनु आवश्यक छ । पारिवारिक सम्बन्ध मिश्रित रहनेछ । आफ्ना सन्तान का कारण समस्या हरु देखिन सक्नेछन यो वर्ष प्रेम सम्बन्धमा पनि समस्या देखिने एवं सम्बन्ध टुट्न सक्नेछ । सचेत रहनु आवश्यक छ । यो वर्ष तपाईका लागि शुभ अंक ४, १३ र २२ हुन, शुभ रंग निलो रहनेछ, शुभ दिशा पश्चिम रहनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
– मिन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु चतुर्थ भावमा, बृहस्पति भाग्य स्थानमा, शनि र केतु दशम भावमा गोचर गर्नेछन । समग्रमा हेर्दा मिन राशिका लागि यो वर्ष शुभ रहेको छ । कार्तिक १९ गते सम्म बृहस्पति भाग्य स्थानमा गोचर गर्नाले आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ। घरमा मांगलिक कार्यहरु सम्पन्न हुनेछन । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईलाई सफलता मिल्नेछ । कार्तिक को मध्य भाग देखि यो वर्ष भरि बृहस्पतिको गोचर दशम भावमा हुने हुनाले नोकरी मा प्रवेशका लागि ग्रहले साथ दिनेछ । कार्यरत हुनुहुन्छ भने बढुवा हुने एवं सेवा सुबिधा बढ्ने देखिन्छ । पारिवारिक सम्बन्ध भने यो वर्ष मिश्रित रहने छ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग आर्थीक मामलामा विवाद पर्न सक्नेछ । सचेत एवं संयम रहनु आवश्यक छ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । उच्च शिक्षाका लागि बिदेश जाने योग छ । प्रेम सम्बन्ध मिश्रित रहनेछ । बेला बेला विवादहरु देखापर्न सक्नेछन । स्वास्थ्य अवस्था हेर्दा यो वर्ष आँखा तथा पेट सम्बन्धि समस्याले सताउन सक्नेछ । यो वर्ष तुलनात्मक रुपमा जेठ, भदौ, पुस र माघ महिना बढि उपलब्धि मुलक रहेका छन । तपाईका लागि शुभ अंक ३, १२ र २१, शुभ रंग पहेंलो र शुभ दिशा उत्तर रहनेछ । यो वर्ष ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।