मेष राशिका लागि यो वर्ष सफल रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु यो वर्ष शनि दशम भावमा, राहु द्धितीय भाव, केतु अष्टम भाव र बृहस्पती लाभ स्थानमा गोचर गर्नेछन । यो वर्ष तपाईको आर्थीक जिवन सकारात्मक रहनेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । बिदेश सँग सम्बन्धित तथा आयात निर्यात सँग सम्बन्धित कारोबार बाट उच्च मुनाफा आर्जन हुनेछ । यनोकरी मा प्रवेश गर्न चाहने हरुका लागि शुभ संकेत हुनेछ । तर तपाईले सोचे भन्दा बढि मेहेनत भर्ने गर्नू आवश्यक छ । यो वर्ष तपाईको पारिवारिक अवस्था मिश्रित हुनेछ । आफ्नो जिवन साथी सँग समय समयमा गम्भिर विवाद पर्न सक्नेछ । बुबा आमाको स्वास्थ्यमा समस्याका कारण पनि घरपरिवारमा समस्याहरु आउन सक्नेछन । सुझबुझका साथ व्यावहार गर्नु आवश्यक देखिन्छ । यो वर्ष तपाईको प्रेम सम्बन्ध भने सुमधुर रहनेछ। प्रेम विवाहमा परिणत हुन सक्नेछ । तपाईले यो वर्ष तपाईलाई सोचे जस्तै प्रेमी सँग भेट हुने अवसर जुट्नेछ । बिद्यार्थीका लागि यो वर्ष उत्तम रहनेछ । विशेष गरि वर्षको मध्य भाग देखि विभिन्न नयाँ अवसर हरु आउन सक्नेछन । अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुका लागि सफलता प्राप्त हुनेछ । मेष राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – – राशी स्वामी मंगलको मुँगा विधीपूर्वक धारण गर्नु । – मंगलबारका दिन हुनमान चालीसा पाठ गर्नु वा श्रवण गर्नु ।
वृष राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु शिरमा, केतु सप्तम भावमा, शनि भाग्य स्थानमा र बृहस्पती अप्रील सम्म नवम भावमा र त्यसपछि दशम भावमा गोचर गर्नेछन । यो वर्ष तपाईको आर्थीक अवस्था मिश्रित रहनेछ । आफुले तिर्नु पर्ने दायित्व बढ्ने तर आफ्नो उठनु पर्ने रकम नउठ्नाले चिन्ता बढ्न सक्नेछ । तर तपाईको कारोबार बाट बेला बेला आफ्ना आफन्त बाट सहयोग मिल्नाले कामहरु बन्न सक्नेछन । यो वर्ष नोकरी गर्नेहरुका लागि शुभ समय रहनेछ । कार्यक्षेत्रमा उन्नती प्रगती र बढुवाको योग समेत बन्नेछ । व्यापार व्यावसायमा संलग्न हरुले सहि योजनाका साथ बढि परिश्रम गर्नु आवश्यक छ । बिद्यार्थीहरुका लागि यो वर्ष मिश्रित रहनेछ । पढाईमा बाधा व्यावधानहरु आउने सम्भावना देखिन्छ । चुनौतीपूर्ण अवस्थामा पनि तपाईले सुझ बुझका साथ अध्ययन कार्य लाई सफल बनाउन लागि रहनु आवश्यक छ । बिदेशमा अध्ययन गर्न जानेहरुले समेत बिभिन्न कठिनाई हरुको सामना गर्नु पर्नेछ । यो वर्ष तपाईको पारिवारिक सम्बन्ध सकारात्मक हुनेछ । परिवारमा मांगलिक कार्यहरुको आयोजना हुनेछ । परिवारका सदस्य बीच एकआपसमा सदभाव, सहयोग आदान प्रदान हुनेछ । बैवाहिक सम्बन्ध सुमधुर रहनेछ । सानातिना मदभेद देखिए पनि त्यसले ठुलो समस्या ल्याउने छैन । यो वर्ष तपाईको प्रेम जिवन सफल रहनेछ । हरेक सुख दुखमा प्रेमी बाट भरपुर साथ र सहयोग हुनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्थामा समस्या आउन सक्नेछ । विशेष गरि टाउको, ब्लड, छाला तथा एलर्जी सम्बन्धि समस्या देखिन सक्नेछ । वृष राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राशि स्वामी शुक्र ग्रहको रत्न हिरा वा ओपल विधीपुर्वक धारण गर्नु। – घरपरीवार एवं समाजमा स्त्रि जाती लाई सम्मान पूर्वक व्यवहार गर्नु तथा आमा , पत्नी एवं छोरी लाई खुशी राख्नु शुभ हुनेछ ।
मिथुन राशिका लागि समग्रमा यो वर्ष सफल रहनेछ । वर्षको शुरुवातमा आर्थीक अवस्थामा महत्वपूर्ण सुधार हुनेछ । तर बर्षको मध्यभाग तिर धन हानी हुने सम्भावना देखिन्छ । विशेष गरि लेनदेनमा विशेष सावधानी अपनाउनुहोला । व्यापारी हरुका लागि सकारात्मक समय रहनेछ । बेला बेला उतार चढाव देखिए पनि व्यापार व्यावसाय प्रतिफल युक्त नै रहनेछ । यो वर्ष तपाईको पारिवारिक जिवन शुभ रहनेछ । तपाई लाई अप्ठ्यारो पर्दा परिवारका सदस्यबाट सहयोग हुनेछ । बिबाहित व्यक्तिहरुका लागि हेर्दा पति पत्नी बीच जिद्धिपनका कारण तनाव उत्पन्न सक्नेछ । संयम रहनुहोला । सन्तान बाट भने सुख प्राप्त हुनेछ । बिद्यार्थीहरुका लािग यो वर्ष सामान्य रहनेछ । आफुले चाहे जस्तो सफलता प्राप्त गर्न लक्ष्य निर्धारण गरि निरन्तर प्रयास गर्नु आवश्यक देखिन्छ । यो वर्ष तपाईका लागि प्रेम जिवन सामान्य रहनेछ । नयाँ व्यक्ति भेट भएर प्रेम सम्बन्धको शुरुवात हुने वातावरण बन्न सक्छ । स्वास्थ्य अवस्था कमजोर भएर समस्या आउन सक्छ । आफ्नो आहार बिहारमा बिशेष सावधानी अपनाउनु उत्तम हुनेछ । मिथुन राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – बुधबार का दिन सँुगा, परेवा लगायत पन्क्षीलाई अन्न खुवाउनु । – बुध ग्रहको बीज मन्त्र ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः प्रतिदिन १०८ पटक जप गर्नु शुभ हुनेछ ।
कर्कट राशिका लागि समग्रमा यो वर्ष उत्तम रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु राहु लाभ स्थानमा, केतु पञ्चम भावमा, शनि सप्तम भावमा र बृहस्पती अप्रील सम्म सप्तम र त्यसपछि अष्टम भावमा स्थानान्तरण हुनेछन । यो वर्ष तपाईलाई नोकरी तथा पेशा मा उच्च सफलता हुनेछ । नोकरीमा शरुवा तथा बढुवाको योग छ । तलब देखि बाहेक गुप्त रुपमा समेत धन आगमन हुनेछ । व्यापार व्यावसायमा विस्तार हुनेछ । समय समयमा अचानक धन लाभ का अवसरहरु वर्ष भरी नै आईरहनेछन। यो वर्ष तपाईको पारिवारिक सम्बन्ध मिश्रित रहनेछ । कतिपय विषमा मत देखिन सक्नेछ तर पनि कुनै पनि महत्वपूर्ण निर्णय लिनु अगाडी परिवार सँग सल्लाह गर्नु उत्तम हुनेछ । बिद्यार्थी वर्गका लागि यो वर्ष उत्तम रहनेछ । तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुने र सोचे जस्तै सफलता हाँसिल गर्न सकिनेछ । यदि तपाई कसै सँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने यो वर्ष तपाईका लागि उत्तम साबित हुनेछ । यो वर्ष तपाईको स्वास्थ्य समग्रमा सबल रहनेछ । कर्कट राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राशि स्वामी चन्द्रमाको रत्न मोती विधी पूर्वक धारण गर्नू। – सोमबार भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
सिंह राशिका लागि समग्रमा यो वर्ष मिश्रित रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु राहु कर्म स्थानमा, केतु सुख स्थानमा, शनि छैठौं भावमा, बृहस्पती अप्रील सम्म छैठौं भाव र त्यसपछि सप्तम भावमा गोचर गर्नेछन । यो वर्ष तपाईले नोकरी मा विभिन्न उतारचढावको सामना गर्नु पर्नेछ । विरोधि ले तपाई का विरुद्ध गम्भिर आरोप लगाउन सक्नेछन । सचेत भएर कार्यहरु गर्नूहोला । आर्थीक अवस्था पनि तपाईको मिश्रित नै रहनेछ । अचानक खर्चको मात्रा बढ्नाले खर्च धान्न मुस्किल पर्न सक्नेछ । आर्थीक बोझ निरन्तर बढ्ने देखिन्छ । यो वर्ष तपाईको पारिवारिक जिवन प्रतिकुल रहन सक्छ । विशेष गरि कुटुम्ब पक्ष सँग विवाद भएर तनाव बढ्न सक्छ । सचेत रहनुहोला । तर पनि अप्ठ्यारो परिस्थितीमा जिवनसाथी बाट भने राम्रो साथ पाउनु हुनेछ । सन्तानको स्वास्थ्यमा बेला बेला समस्या देखिन सक्नेछ । यो वर्ष प्रेम सम्बन्ध सामान्य रहनेछ । प्रेमी बाट केही रुखो व्यावहार देखिन सक्छ । यदि तपाई सिंगल हुनुहुन्छ भने कोही प्रभावशाली व्यक्ति सँग भेट भएर प्रेम स्थापित हुन सक्नेछ । विद्यार्थीका लागि लागि यो वर्ष सफल रहनेछ । तपाईको परिश्रम अनुसार सोचे जस्तै अंक हाँसील हुनेछ । आफुले चाहे जस्तो विषय अध्ययन गर्न पाईनेछ । यो वर्ष आफ्नो राम्रो स्वास्थ्यका लागि आहार बिहारमा उचित ध्यान दिनु आवश्यक छ । सिंह राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राशी स्वामी सुर्यको रत्न माणीक विधी पूर्वक धारण गर्नु । – आफ्नो पिताको सेवा र सम्मान गर्नु शुभ हुनेछ ।
कन्या राशिका लागि यो वर्ष सफल रहनेछ । तपाईका लागि मूख्य ग्रहहरु यो वर्ष राहु भाग्य स्थानमा, केतु चतुर्थ भावमा, शनी पञ्चम भावमा र बृहस्पती अप्रील सम्म पञ्चम भावमा त्यसपछि छ्रैठौं भावमा गोचर गर्नेछन । पेशा व्यावसायमा राम्रो सफलता हात लाग्नेछ । नोकरी मा स्थान परिवर्तन हुन सक्नेछ । व्यावसाय नयाँ ठाउँमा विस्तार गर्ने अवसर आउनेछ । यो वर्ष तपाईको आर्थीक अवस्था मिश्रित हुनेछ । कुनै नयाँ क्षेत्रमा लगानी गर्नु अघि राम्रो सुझ बुझ देखाउनु उत्तम हुनेछ । अन्यथा लगानी फस्न सक्छ । साझेदारीका व्यापार व्यावसायमा समेत संकट आउन सक्छ । पारिवारिक सम्बन्ध मिश्रित रहनेछ । कतिपय विषयमा कतिपय विषयमा घरपरिवारको साथ र सहयोग नहुँदा मन खिन्न हुन सक्छ । बाल बच्चाको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । बिद्यार्थीले पढाईमा सुधार गर्न बढि मेहेनत गर्नु आवश्यक देखिन्छ । तर तपाईको मेहेनत अनुसार सफलता भने हात लाग्नेछ । यो वर्ष तपाईको प्रेम सम्बन्ध सुमधुर रहनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्था पनि सबल रहनेछ । कन्या राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राम्रो गुणस्तरको पन्ना रत्न बिधी पूर्वक धारण गर्नु शुभ हुनेछ । – हरेक शुक्रबार दुर्गा चालीसा पाठ एवं श्रवण गर्नु शुभ हुनेछ ।
तुला राशिका लागि यो वर्ष प्रभावशाली रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु राहु अष्टम भावमा, केतु धन स्थानमा, शनी चतुर्थ भावमा, बृहस्पती अप्रिल सम्म चतुर्थ र त्यसपछि पञ्चम भावमा गोचर गर्नेछन । यो वर्ष तपाईको नोकरी तथा पेशामा उच्च प्रगती हुनेछ । व्यापार व्यावसायका लागि अनुकुल वातावरण प्राप्त हुनेछ । कुनै गुप्त श्रोत बाट धन लाभ हुने योग छ । तपाईको धन धार्मीक तथा सामाजिक कार्यमा समेत खर्च हुन सक्नेछ । पारिवारिक सम्बन्ध सकारात्मक रहनेछ । पेशा व्यावसायमा जिवन साथी सँगको सहकार्य महत्वपूर्ण साबित हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । सन्तानको उज्वल भविष्का लागि कुनै नयाँ कार्यको शुरुवात हुन सक्नेछ । प्रेम सम्बन्धका लागि यो वर्ष अनुकुल वर्ष रहनेछ। प्रेमी बाट हरपल साथ मिल्नेछ। प्रेम बिवाहमा परिण हुन सक्नेछ । स्वास्थ्ष्को दृष्टि बाट हेर्दा यो वर्ष बिभिन्न समस्या आउन सक्नेछन । विशेष गरि पेट, मुख तथा नशा सम्बन्धि समस्या बढ्न सक्नेछ । तुला राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राशि स्वामी शुक्रको रत्न हिरा वा ओपल बिधीपुर्वक धारण गर्नू। – समय समयमा गौमाताको सेवा गर्नु शुभ हुनेछ ।
बृश्चिक राशिका लागि यो वर्ष मिश्रित फलदायक रहेको छ । तपाईका लागि मुख्य ग्रहहरु केतु शिरमा, राहु सप्तम भावमा, शनी तृतीय भावमा, बृहस्पती अप्रील सम्म तृतीय भावमा र त्यसपछि चतुर्थ भावमा स्थानान्तरण हुनेछन । शिर मा केतु ग्रहको प्रभाव रहने हुनाले तपाई प्रती अरु व्यक्तिको दृष्टिकोण कमजोर बन्न सक्छ । तपाईले गर्ने निर्णय समेत पछि गएर असफल हुन सक्छन। त्यसकाराण कुनै महत्वपूर्ण निर्णय लिनु अगाडी गम्भिर रुपमा बिचार मन्थन गर्न उत्तम हुनेछ अन्यथा धोका हुन सक्नेछ । कार्य क्षेत्रमा बढि परिश्रम गर्नु पर्नेछ । अनि मात्र सफलता मिल्न सक्छ । व्यापार व्यावसायमा सम्लग्न हरुका लागि सकारात्मक समय रहनेछ । यात्रा बाट सफलता मिल्नेछ । आर्थीक अवस्था सबल रहनेछ । खर्चको मात्रा बढेपनि आम्दानीका स्रोतहरु पनि देखा परिरहनेछन । यो वर्ष पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । जिवन साथी बाट आत्मीक सहयोग प्राप्त हुनाले मनमा खुशीको सञ्चार हुनेछ । बालबच्चा सँग रमाउन पाउने योग छ । यो वर्ष तपाईको प्रेम सम्बन्ध मिश्रित रहनेछ । एक अर्का विच अविश्वास बढ्न सक्छ । जिम्मेवार भएर आफ्नो प्रेमीको भावना पनि बुझ्नु शुभ हुनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्था सामान्य रहनेछ । साना तिना समस्या देखिए पनि ठुलो समस्या भने हुने छैन । बृश्चिक राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – तामाको लोटीमा पानी भरेर प्रतिदिन सुर्य भगवान लाई जल चढाउनु । – कुनै महत्वपूर्ण कार्यमा निस्कनु अगाडी निधारमा केशरी को टिका लगानु शुभ हुनेछ ।
समग्रमा धनु राशिका लागि यो वर्ष उत्तम रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु शनी धन स्थानमा, राहु छैठौं भावमा, केतु बाह्रौं भावमा, बृहस्पती अप्रील सम्म द्धितीय भाव र त्यसपछि तृतीय भावमा स्थानान्तरण हुनेछन । यो वर्ष तपाईलाई नोकरी तथा पेशा मा राम्रो सफलता मिल्नेछ । सहकर्मी एवं उच्च पदस्थ व्यक्तिको साथ र सहयोग ले कतीपय चुनौतीपूर्ण कार्यलाई पनि व्यवस्थापन गर्न सक्नुहुनेछ । व्यापर व्यावसायमा तपाई लाई ठुलो सफलता मिल्नेछ । अचानक आम्दानी बढ्नेछ । यो वर्ष तपाईको पारिवारिक सुखमा वृद्धि हुनेछ । आफु भन्दा साना भाईबहिनी बाट तपाईलाई महत्वपूर्ण अवसरमा साथ र सहयोग हुनेछ । पतीत्नी बीचको सम्बन्ध पनि सुमधुर रहनेछ । जिवनसाथीको स्वास्थ्यमा बेला बेला उतार चढाव आउनाले केही चिन्ता भने रहनेछ । बिद्यार्थीका लागि यो वर्ष सफल वर्षको रुपमा रहनेछ । आफ्नो परिश्रम अनुसार उच्च अंक प्राप्त गर्न ग्रहले साथ दिनेछ । पढाईका लागि बिदेश जाने सोचमा हुनुहुन्छ भने तपाईको सपना पुरा हुनेछ । यो वर्ष तपाईको प्रेम सम्बन्ध सकारात्मक रहनेछ । आफ्नो प्रेमी सँग बेला बेला रमाईला ठाउँमा गएर रमाईलो गर्ने अवसर जुट्ने देखिन्छ । यो वर्ष तपाईको स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । धनु राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राम्रो गुणस्तरको पुष्पराज रत्न विधि पूर्वक धारण गर्नु । – तिन मुखी रुद्राक्ष विधी पूर्वक धारण गर्नु । – बिहीबारका दिन गरिब दुखीलाई खाने तेल दान गर्नु शुभ हुनेछ ।
मकर राशिका लागि यो वर्ष उत्तम फलदायक रहेको छ । यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु शनी शिरमा, राहु पञ्चम भावमा, केतु लाभ स्थानमा र बृहस्पती अप्रलि सम्म शिरमा र त्यसपछि धन स्थानमा गोचर गर्नेछन । यो वर्ष तपाईको मेहेनत र योजना अनुसार पेशा व्यावसायमा फड्को मार्न सक्नुहुनेछ । कर्मचारी वर्ग लाई बिशेष जिम्मेवारीका साथ सेवा सुविधामा वृद्धि हुनेछ । व्यापार व्यावसायमा सम्लग्नहरुले उच्च प्रगती गर्ने योग छ । आर्थीक अवस्था वर्षको शूरुवातमा भने केहि मन्दि हुन सक्छ तर अप्रील महिना देखि सबल भएर जानेछ । यो वर्ष पारिवारिक जिवन मिश्रित रहनेछ । आमाको स्वास्थ्यमा समस्या देखिनाले चिन्ता बढ्न सक्छ । पारिवारिक दायित्व बढ्नाले जिवनसाथी सँगको सम्बन्ध पनि निरस बन्न सक्नेछ । केही समय रमाईलो गर्न कुनै नयाँ ठाउँमा जानु उत्तम हुनेछ । यो वर्ष तपाईको प्रेम सम्बन्ध सुमधुर रहनेछ । प्रमी बाट उपाहार प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । विद्यार्थीले यो वर्ष आफ्नो पढाईमा उच्च अंक प्राप्त गर्न ग्रहले साथ दिनेछ । तपाईका चाहाना हरु पुरा हुनेछन । यो वर्ष समग्रमा तपाईको स्वास्थ्य अवस्था सबल रहनेछ । मकर राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – राशि स्वामी शनी को रत्न बिधी पुर्वक धारण गर्नु । – बेला बेलाम रक्त दान गर्नु शुभ हुनेछ ।
कुम्भ राशिका लागि यो वर्ष मिश्रित फलदायक रहेको छ । तपाईका लागि मुख्य ग्रहहरु शनी व्यय भावमा, राहु चतुर्थ भावमा, केतु दशम भावमा, बृहस्पती अप्रील सम्म व्यय भावमा र त्यसपछि शिरमा गोचर गर्नेछन । यो वर्ष पेशा व्यावसायमा बिभिन्न किसीमका उतारचढाबहरु व्यहोर्नु पर्ने देखिन्छ । नोकरीमा सफलता प्राप्तीमा बाधा हुनेछ । कार्यरत हरुका लागि पनि सन्तोषजनका वर्ष देखिंदैन । आफुले जिम्मेवारी बढि बहन गर्नु पर्ने तर सेवा सुबिधा भने भने जस्तो प्राप्त नहुने देखिन्छ । व्यापार व्यवासायमा सम्लग्न हरुले लागत खर्च तथा व्यवस्थापन खर्च बढि गर्नु पर्ने देखिन्छ । अचानक खर्च वृद्धि हुनेछ । यो वर्ष पारिवारिक सुख भने उत्तम रहनेछ । घरपरिवार बाट अप्ठ्यारो अवस्थामा साथ, सहयोग र हौसला प्राप्त हुनेछ । जिवनसाथी बाट उचित स्नेह र माया प्राप्त हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । सन्तानका कारण तपाईको ईज्जत प्रतिष्ठामा समेत बढोत्तरी हुनेछ । यो वर्ष प्रेम सम्बन्ध सुमधुर रहनेछ । यदि तपाई मन मिल्ने प्रेमीको खोजीमा हुनुहुन्छ भने तपाइले यो वर्ष आफुले साचे जस्तै साथी सँग सम्बन्ध जोड्ने अवसर पाउनु हुनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्थामा समस्या देखिन सक्छ । विशेष गरि जोर्नी तथा नशा सम्बन्धि समस्या, एसीडीटी बढ्ने समस्याले सताउन सक्नेछ । आफ्नो आहार बिहार मा उचित ध्यान दिनुहोला। कुम्भ राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – चार मुखे वा सात मुखे रुद्राक्ष विधी पूर्वक धारण गर्नु । – शनीबारका दिन बृद्ध हरुको सेवा गर्नु तथा भोजन गराउनु शुभ हुनेछ ।
मिन राशिका लागि यो वर्ष उत्तम फल दायक रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु शनि लाभ स्थानमा, राहु तृतीय भावमा, केतु भाग्य स्थानमा, राशी स्वामी बृहस्पती अप्रील सम्म लाभस्थानमा र त्यसपछि व्यय भावमा गोचर गर्नेछन । नोकरी मा प्रवेश गर्न चाहने हरुका लागि यो वर्ष भाग्यले साथ दिनेछ । कार्यरतहरुलाई पनि नयाँ उचाईमा पुगेर क्षमता बिकास गर्ने अवसर जुटेनेछ । व्यापार व्यावसायमा बिस्तार हुनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु बन्नेछन । खर्च पनि वृद्धि हुन सक्छ तर तपाई सचेत भएर अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक छ । यो वर्ष तपाईको पारिवारिक जिवन सकारात्मक रहनेछ । परिवारमा खुशीको माहौल बन्नेछ । एक अर्काको उन्नती र प्रगतीमा रमाउने अवसर जुट्नेछ । पतीपत्नी बीचको सम्बन्ध यो वर्ष यादगार रहनेछ । दिनदिनै माया र प्रेम बढ्दै जानेछ । सन्ताको पढाईमा अभिभावक ले केहि बढि ध्यान दिनु परिवारका लागि थप उपलब्धि हुनेछ । विद्यार्थीले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । बिद्यार्थीको पढाई देखी बाहेक का गतिबिधीमा मन गएर अध्ययन कार्य कमजोर हुन सक्नेछ । यो वर्ष पे्रमीप्रेमीका हरुका लागि सुखद वर्ष रहनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्था पनि मजबुत रहनेछ । मिन राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । – कुनै पनि महत्वपूर्ण कार्यमा बाहिर निस्कदा पहेंलो रंगको रुमाल बोक्नु । – बेला बेला आफ्ना गुरु एवं माता पिताको सेवा र सम्मान मा समय दिनु शुभ हुनेछ ।