ह्याप्पी कुशे औशि Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

कुशे औशी को महत्व एवम बैज्ञानिक पक्ष | Kushe Aushi in Nepali Culture

कुशे औसी सनातन धर्ममा एक महत्वपूर्ण पर्व हो । यसको महत्व, विशेषता, गरिमा व्यापक र उच्च छन ।  कुशे औसी मुलतस् कुश बाट नामांकरण गरिएको हो। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ । सारमा भन्दा यो कामदेवको पत्नी रतिको भगवान बिष्णुलाइ दिएको  श्रापसंग जोडिएको पाइन्छ ।

तसर्थ भगवान बिष्णुले रतिको श्रापलाइ शिरोधार्य गर्न कुशको रुपमा आफु अबस्थित रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । पुर्बिय दर्शनमा कुशको धार्मिक लगायत अन्य महत्वहरु अर्थवेद, भागवत गिता, बिष्णु पुराण, गरुड पुराण आदिमा वर्णित छ । यस बाहेक तात्विक रुपमा पनि कुशको महत्व कम आंकलन गर्ने खालको छैन ।यो काट्दा पनि अठिलो भैरहने टुक्रा नहुने, विभिन्न रोगको उपचारमा कामयाबी हुने, विकिरण र खराबकण अनि  ‘क्ष’(किरणलाई समेत शोषण गर्ने यसका केहि सामान्य दृष्टान्तहरु हुन् ।

शास्त्रीय मान्यता अनुसार  हरेक मानब जन्मिसके पछि तिन ऋणबाट युक्त हुन्छ । त्यस मध्य पितृ ऋण  एक महत्वपुर्ण ऋण  हो जुन संस्कारको आधारमा विभाजित हरेक व्यक्तिका चार आश्रमहरु मध्य गार्हस्थ्य आश्रम संग अत्यन्तै निकटको सम्बन्ध राख्छ । तसर्थ एक कुशल र अनुशासित सन्तानले आफ्नो पितृको ऋणबाट उऋण  हुने कुरा संग पनि यो कुशे औशीलाइ  जोडिएको पाइन्छ। यसको परोक्ष सम्बन्धको बारेमा सर्बाधिक संसारभर लोकप्रिय र सापेक्षिक रुपमा सहजै उपलब्ध हुने श्रीमद भगवदगीताको सांख्ययोग नामक अध्यायमा पनि कम तर गहन र सुक्ष्म तरिकाले उल्लेख गरिएको छ ।

कुशे औसीमा कुशको प्रयोग गरिन्छ। शास्त्रीय मान्यता अनुसार  कुशको घरमा प्रवेश नै यो औसीको सर्बाधिक महत्वपुर्ण विशेषता हो जसलाई बर्षभरी शास्त्रीय कर्म ९देवकार्य, पितृ कार्य आदि०गर्दा प्रयोगमा ल्याइन्छ । अझ उसमाथि कुशे औसी सोमबार पर्यो र त्यसै दिन कुश काटियो भने त् कुशको महत्व एक बर्ष बाट बाह्र वर्ष सम्म रहने ठानिन्छ ।

मन्त्रद्वारा उच्चारित कुश घरमा राखनाले त्यसले परिवारको कल्याण गर्ने समेत विश्वास गरिन्छ। वास्तबमा कुश पबित्र चिजहरु ठानिएकालाइ पनि पबित्र गराउने चिज ठानिन्छ । शास्त्रिय मान्यता अनुसार कुश बिना न त् सुभ कार्य पबित्ररुपले सम्पन्न्न हुन्छ न त् असुभ कार्य नै ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन ।