best nepali astrologer in japan Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

ज्योतिष, जन्म कुण्डली, अंक ज्योतीष, विवाह मिलान, शुभ मुहर्त, दोष र समाधान सम्बन्धी छोटो परिचय (Notes OF Astrology)

✨ ज्योतिष के हो?

ज्योतिष भनेको ग्रह-नक्षत्रको स्थिति र चालको आधारमा मानव जीवनका घटना, स्वभाव, भविष्य र भाग्यको अध्ययन गर्ने प्राचीन विद्या हो। यसलाई अंग्रेजीमा Astrology भनिन्छ।


🌙 जन्म कुन्डली (Birth Chart)

जन्मको मिति, समय र स्थानका आधारमा तयार गरिने कुन्डलीले व्यक्तिको जीवनका महत्वपूर्ण पक्षहरू देखाउँछ:

  • विवाह
  • करियर
  • स्वास्थ्य
  • धन योग

🪐 ग्रहहरूको प्रभाव

प्रत्येक ग्रहको आफ्नै महत्व हुन्छ:

  • सूर्य ☀️ – आत्मा र शक्ति
  • चन्द्र 🌙 – मन र भावना
  • मंगल 🔥 – साहस र ऊर्जा
  • बुध 📘 – बुद्धि र व्यापार
  • बृहस्पति 📿 – ज्ञान र भाग्य
  • शुक्र 💖 – प्रेम र सुख
  • शनि ⚖️ – कर्म र न्याय

🔢 अंक ज्योतिष (Numerology)

अंक ज्योतिषले जन्म मिति र नामको आधारमा व्यक्तिको भविष्य र स्वभाव बताउँछ।
यसबाट:

  • भाग्यशाली अंक
  • शुभ दिन
  • जीवनको दिशा
    थाहा पाइन्छ।

💑 विवाह मिलान (Kundali Matching)

विवाहअघि केटा-केटीको कुन्डली मिलाएर:

  • ग्रह दोष
  • गुण मिलान
  • सम्बन्धको स्थायित्व
    जाँच गरिन्छ।

🏠 शुभ मुहूर्त (Auspicious Time)

महत्वपूर्ण कार्य जस्तै:

  • विवाह
  • गृह प्रवेश
  • व्यवसाय सुरु
    गर्दा शुभ समय (मुहूर्त) हेर्नु अत्यन्त आवश्यक हुन्छ।

🧿 दोष र समाधान (Dosha & Remedies)

कुन्डलीमा देखिने दोषहरू:

  • मंगल दोष
  • शनि दोष
  • राहु-केतु प्रभाव

समाधान:

  • पूजा पाठ
  • मन्त्र जप
  • रत्न धारण

शिव ताण्डव स्तोत्र (Shiva Tandava Stotram) ॐ नमः शिवाय


जटाटवी गलज्जल प्रवाह पावितस्थले
गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् ।
डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं
चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ॥१॥
जटाकटाह सम्भ्रम भ्रमन्निलिम्प निर्झरी
विलोलवीचिवल्लरी विराजमानमूर्धनि ।
धगद्धगद्धगज्ज्वलल्ललाटपट्ट पावके
किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ॥२॥
धराधरेन्द्रनन्दिनी विलासबन्धुबन्धुर
स्फुरद्दिगन्तसन्तति प्रमोदमानमानसे ।
कृपाकटाक्षधारणी निरुद्धदुर्धरापदि
क्वचिद्दिगम्बरे मनो विनोदमेतु वस्तुनि ॥३॥
जटाभुजङ्गपिङ्गल स्फुरत्फणामणिप्रभा
कदम्बकुङ्कुमद्रव प्रलिप्तदिग्वधूमुखे ।
मदान्धसिन्धुरस्फुरत्त्वगुत्तरीयमेदुरे
मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरि ॥४॥
सहस्रलोचनप्रभृत्यशेषलेखशेखर
प्रसूनधूलिधोरणी विधूसराङ्घ्रिपीठभूः ।
भुजङ्गराजमालया निबद्धजाटजूटकः
श्रिये चिराय जायतां चकोरबन्धुशेखरः ॥
५॥ललाटचत्वरज्वलद्धनञ्जयस्फुलिङ्गभा
निपीतपञ्चसायकं नमन्निलिम्पनायकम् ।
सुधामयूखलेखया विराजमानशेखरं
महाकपालिसम्पदे शिरोजटालमस्तु नः ॥६॥
करालभालपट्टिकाधगद्धगद्धगज्ज्वल
द्धनञ्जयाहुतीकृतप्रचण्डपञ्चसायके ।
धराधरेन्द्रनन्दिनी कुचाग्रचित्रपत्रक
प्रकल्पनैकशिल्पिनि त्रिलोचने रतिर्मम ॥७॥
नवीनमेघमण्डली निरुद्धदुर्धरस्फुरत्
कुहूनिशीथिनीतमः प्रबन्धबद्धकन्धरः ।
निलिम्पनिर्झरीधरस्तनोतु कृत्स्नसिन्धुरः
कलानिधानबन्धुरः श्रियं जगद्धुरन्धरः ॥८॥
प्रफुल्लनीलपङ्कज प्रपञ्चकालिमप्रभा
वलम्बिकण्ठकन्दली रुचिप्रबद्धकन्धरम् ।
स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं
गजच्छिदान्धकच्छिदं तमन्तकच्छिदं भजे ॥९॥
अखर्वसर्वमङ्गलाकलाकदम्बमञ्जरी
रसप्रवाहमाधुरी विजृम्भणामधुव्रतम् ।
स्मरान्तकं पुरान्तकं भवान्तकं मखान्तकं
गजान्तकान्धकान्तकं तमन्तकान्तकं भजे ॥१०॥
जयत्वदभ्रविभ्रम भ्रमद्भुजङ्गमश्वस
द्विनिर्गमत्क्रमस्फुरत्करालभालहव्यवाट् ।
धिमिद्धिमिद्धिमिध्वनन्मृदङ्गतुङ्गमङ्गल
ध्वनिक्रमप्रवर्तित प्रचण्डताण्डवः शिवः ॥११॥
दृषद्विचित्रतल्पयोर्भुजङ्गमौक्तिकस्रजोर्
गरिष्ठरत्नलोष्टयोः सुहृद्विपक्षपक्षयोः ।
तृष्णारविन्दचक्षुषोः प्रजामहीमहेंद्रयोः
समं प्रवर्तयन्मनः कदा सदाशिवं भजे ॥१२॥
कदा निलिम्पनिर्झरीनिकुञ्जकोटरे वसन्
विमुक्तदुर्मतिः सदा शिरःस्थितंञ्जलिं वहन् ।
विलोललोचनोल्लसत्फलाललग्नशेखरं
शिवेति मन्त्रमुच्चरन् कदा सुखी भवाम्यहम् ॥१३॥
इमं हि नित्यमेवमुक्तमुत्तमोत्तमं स्तवं
पठन्स्मरन् ब्रुवन्नरो विशुद्धिमेति सन्ततम् ।
हरे गुरौ सुभक्तिमाशु याति नान्यथा गतिं
विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनम् ॥१४॥

नेपाली आरती ऊँ जय जगदिशहरे । Nepali Arati | Om Jay Jagadishare

ॐ जय जगदीश हरे प्रभु जय जगदीश हरे |

प्रभुका चरण उपासक कति-कति पार तरे ||१|| ॐ जय जगदीश हरे ..

मनको थाल मनोहर प्रेम रुप वाती -प्रभु प्रेमरुप वाती |

भाव कपुर छ मङ्गल आरतीसब भाती || २|| ॐ जय जगदीश हरे..

नित्य-निरन्जन-निर्मल कारण अविनाशी |

शरणागत प्रतिपालक चिन्मय सुख राशी ||३|| ॐ जय जगदीश हरे….

सृष्टि स्थिति लयकर्ता त्रिभुवनका स्वामी |

भक्ति सुधा वर्षाउ शरणपर्यौ हामी ||४|| ॐ जय जगदीश हरे….

आसुर भाव निवारक तारक सुखदाता |

गुण अनुरुप तिमि हौ हरि हर हौ धाता ||५|| ॐ जय जगदीश हरे….

युग-युग पालन गर्छौ अगणित रुप धरि |

लीलामय रस विग्रह करुणामूर्ती हरि ||६|| ॐ जय जगदीश हरे…

समता शान्ति प्रदायक, सज्जन हितकारी |

चरण शरण अव पाऔ प्रभु भवभय हारी ||७|| ॐ जय जगदीश हरे….

सम्यम सुर सरिताको अविरल धार बहोस् |

जति-जति जन्म भए पनि प्रभुमा प्रेम रहोस्||८|| ॐ जय जगदीश हरे….

प्रेम सहित शुभ आरती जसले नित्य गर्यो |

दिन-दिन निर्मल वन्दै त्यो भव सिन्धु तर्यो||९|| ॐ जय जगदीश हरे…. ॐ

जय जगदीश हरे प्रभु जय जगदीश हरे |

प्रभुका चरण उपासक कति-कति पार तरे ||१०|| ॐ जय जगदीश हरे .

आजको राशिफल बि.सं. २०८२ चैत चैत ८ गते आईतवार Daily Rashifal of March 22||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत ८ गते आईतवार ई।सं। २०२५ मार्च २२ नेपाल सम्बत ११४६ चौलाथ्व चतुर्थी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल तृतीया , चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०८ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ चैत ७ गते शनिवार Daily Rashifal of March 21||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत ७ गते शनिवार ई।सं। २०२५ मार्च २१ नेपाल सम्बत ११४६ चौलाथ्व तृतीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल तृतीया , चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, एन्द्र योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३७ मिनेट देखि ०९ बजेर ०८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ चैत ६ गते शुक्रवार Daily Rashifal of March 20||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत ६ गते शुक्रवार ई।सं। २०२५ मार्च २० नेपाल सम्बत ११४६ चौलाथ्व द्धितीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्धितीया , चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, ब्रम्ह योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३८ मिनेट देखि ०९ बजेर ०९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ चैत ५ गते बिहिवार Daily Rashifal of March 19||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत ५ गते बिहिवार ई।सं। २०२५ मार्च १९ नेपाल सम्बत ११४६ चिल्लागा आमै , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण औँसी , चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुक्ल योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०९ मिनेट देखि ०७ बजेर ३९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ चैत 3 गते सोमवार Daily Rashifal of March 16||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत ३ गते मंगलवार ई।सं। २०२५ मार्च १७ नेपाल सम्बत ११४६ चिल्लागा त्रयोदशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण त्रयोदशी , चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, सिद्ध योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४१ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ चैत २ गते सोमवार Daily Rashifal of March 16||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत २ गते सोमवार ई।सं। २०२५ मार्च १६ नेपाल सम्बत ११४६ चिल्लागा द्धादशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण द्धादशी , चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर १२ मिनेट देखि ०७ बजेर ४२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमन सोम प्रदोष व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८२ चैत १ गते आइतवार Daily Rashifal of March 15||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ चैत १ गते आइतवार ई।सं। २०२५ मार्च १५ नेपाल सम्बत ११४६ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर १३ मिनेट देखि १० बजेर ४२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा पापमोचनी एकादशी व्रत रहेको छ ।