ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असार २६ गते बिहिबार ई.सं. २०२५ जुलाइ १० नेपाल सम्बत ११४५ दिल्लाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल पुर्णिमा, चन्द्रमा धनु राशिमा, पुर्वषाढा नक्षत्र, एन्द्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १५ मिनेट देखि ०६ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गुरु पुर्णिमा ब्रत, पुर्णिमा ब्रत, व्यास जयन्ती पनि रहेको छ।