happy dashain Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

दशै टिका शुभ साइत २०७८ | Dashain Tika Shubha Sait 2078

NepalJyotish.com

Asoj 9 / 2078

नेपालीहरुको मौलीक पर्व एवं वडादशैं यो वर्ष आगमन भएको छ । असोज २१ गते घटस्थापना का दिन देखि दशैंले हाम्रो घरआँगन टेक्नेछ । नवदुर्गाको पुजा आराधना का साथै राम्रो लगाउने र मिठो खाने अनी आफ्ना मान्यजनका हात बाट टिका आशिर्वाद ग्रहण गर्ने हाम्रो परम्परा रहि आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
पञ्चाङ्ग निर्णायक समिति अनुसार असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।


असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ । यो वर्ष पश्चिम फर्केर झण्डा फेर्न शुभ हुनेछ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । तुलजा भवानीलाई बिहान ८ बजेर ४४ मिनेटमा स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जानकारी दिएको छ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर ०२ मिनेटको साइत शुभ रहेको छ । यो वर्ष टीका लगाउने मानिस पूर्व फर्कनु शुभ हुनेछ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ बजेर ०१ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत रहेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । यसरि यो वर्ष को दशै पर्व सकिने छ

दशैं नवरात्रमा भुलेर पनी गर्न नहुने कुराहरु | ॐ कमेन्ट गरी शेयर गर्नुहोस | शुभ फल मिल्नेछ

दशैं नवरात्रमा भुलेर पनी गर्न नहुने कुराहरु

हरेक वर्ष झै यो वर्ष पनि बडादशैंको आगमन भएको छ । सामान्य तया दशंै भन्ने बित्तीकै राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा लिईन्छ। तर दशैको समयको मुख्य ९ दिन सम्म मनाईने नवरात्रमा जसले साधना गर्छ उसले देवीको आशिर्वाद स्वरुप शक्ती प्राप्त गरि हरेक चुनौतीहरु लाई पार लगाउने सक्ने हुन्छ । उन्नती, प्रगती, खुशी र सफलताले उसलाई पछ्याउनेछ । श्रद्धा र विश्वास पूर्वक जसले देवीको साधना एवं भक्ती गर्छ उसको जिवनमा महत्वपूर्ण सुधार हुनेछ । नौ दिन सम्म व्रत बस्ने भक्तजनले नवरात्रमा भुलेर पनि यी कार्यहरु नगर्नु उत्तम हुनेछ ।

https://www.youtube.com/watch?v=q7wK9HliGxU&t=348s

– व्रत बस्ने भक्तले नौ दिनसम्म महिलाले कपाल काट्नु हुँदैन भने पुरुषले नौ दिनसम्म कपाल, दारी, जुङ्गा काट्नु हुँदैन ।
—व्रत बस्ने मानिसले नौ दिनभरी पहेंलो वा रातो रंगको सफा र चोखो लुगा लगाएर देवीको पूजा गर्नुपर्छ ।
—नौरथामा यदि तपाईंले आफ्नो घरमा अखण्डबत्ति बाल्नु भएकोछ भने घर छाडेर बाहिर बस्नु हुँदैन । कुनै बिशेष अवस्था भएपनि घरलाई रित्तो छोड्नु हुँदैन ।
— व्रत बस्ने भक्तले नौ दिनसम्म हात तथा खुट्टाको नङ काट्नु हुँदैन । व्रत बस्नु अगाडि अथवा व्रत सकिसकेपछि मात्र नङ काट्नु शुभ हुनेछ ।
— व्रत बस्ने व्यक्तिले नौ दिनसम्म लसुन, प्याज र माछा–मासु नखानु शुभ हुनेछ ।
—व्रत बस्ने व्यक्तिले नै दिनभरी छालाका बेल्ट, चप्पल–जुत्ता, ब्याग जस्ता सामानको प्रयोग गर्नुहुँदैन ।

—नौ दिनसम्म व्रत बस्ने व्यक्तिले कागती काट्नु हुँदैन ।
—यदि दिउँसो सुत्ने बानी छ भने यो बानी हटाउनुपर्छ । विष्णु पुराणको अनुसार व्रत बस्ने व्यक्तिले नौ दिनभरी दिउँसो सुत्नु हुँदैन ।
—व्रत बस्ने व्यक्तिले नौ दिनसम्म एकै स्थानमा बसेर फलाहार ग्रहण गर्नुपर्दछ । विभिन्न स्थानमा बसेर फलाहार ग्रहण गर्नाले उत्तम फल मिल्दैन ।
— दुर्गा चालिसा, मन्त्र अथवा सप्तशती पाठ पढ्दै हुनुहुन्छ भने बीचमा अन्य कुरा गर्ने अथवा उठ्ने गल्ती गर्नुहुँदैन । त्यसो गर्दा पाठको फल नकारात्मक शक्तिहरुले लैजान्छन ।

—कतिपय व्यक्तिहरु व्रतको क्रममा भोक लाग्ने भएकोले भोक एवं तिर्सना मेटाउनका लागि तमाखु वा अन्य नशालु पदार्थ को सेवन गर्ने गर्छन तर यसो गर्नु हुँदैन । बेहोसी एवं नशामा लठ्ठीएर गरेको कार्य बाट उत्तम फल प्राप्त हुँदैन ।
— ब्रत भनेको काम, क्रोध, लोभ र मोहको त्याग गर्नु हो । ब्रत वस्ते भक्तनजले नौ दिनभरी ब्रम्हचर्यमा बस्नु शुभ हुनेछ । शारीरिक सम्बन्ध राख्नु हुँदैन । व्रतको समयमा शारीरिक सम्बन्ध राख्नाले व्रतको फलमा कमी हुनेछ ।

आज नवरात्रको पहिलो दिन सबैले आफ्नो घरमै देवीको पुजा आराधना गरि मनाऔं चैते दशैं

आज नवरात्रको पहिलो दिन सबैले आफ्नो घरमै देवीको पुजा आराधना गरि मनाऔं चैते दशैं

यो वर्षको चैते दशैं सुरु भएको छ । चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको नवरात्रि आज बाट शुरु भएको छ ।
घरमै कसरी मनाउने नवरात्रि ?
नवरात्र आफैंमा विशेष महत्वपूर्ण हुन्छ । शारदीय नववर्षको समयमा मुख्य दशैं मनाउने गरिन्छ भने यो वसन्त ऋतुमा मनाइने दशैं हो । यो पनि शारदीय नववर्षमा जस्तै विशेष खालको पर्व हो । जसमा ९ दिनसम्म विधि पूर्वक नवदुर्गाको पूजागर्ने गरिन्छ । त्यसैले पनि यो पर्वको समेत शास्त्रमा महत्व छ ।
सनातन धर्मालम्बीहरुले धुमधामका साथ मनाउने यो दशैं यो वर्ष अरु वर्षको भन्दा भिन्न छ । कोरोना भाइरसको कारणले यो वर्षको दशैं समेत प्रभावित भएको छ । तर, यो एउटा अवसर समेत हो । जुन घरभित्रै सबैसँग दशैं मनाउने अवसरको रुपमा समेत यसलाई लिन सकिन्छ । यो नौ दिनमा घरमै बसेर के के गर्ने ?
चैते दशैंको पहिलो देवी भगवतीको प्रतिमा घरमा नै स्थापित गरेर पूजा गर्न सकिन्छ ।
यदि तपाईं नवरात्रिको उपवास राख्न असमर्थ हुनुहुन्छ भने पनि खानामा विशेष ध्यान दिएर नवरात्र मनाउन सकिन्छ । यो समयमा उपवास बस्न नसक्नेहरुले जबर्जस्ती व्रत बस्दा यसले झनै समस्या सिर्जना गर्नसक्छ ।
यो समयमा सकेसम्म सात्विक खाना लिनु स्वास्थ्य र धार्मिक हिसाबले समेत शुभ मानिन्छ । घरमा बसेर पुजा पाठ, ध्यान, साधना, योग गर्नाले रोग प्रतिरोध क्षमता बलियो हुन्छ । अहिले कोरोना भाइरसको प्रकोपका कारण आहारको शुद्धतामा विशेष ध्यान राख्नु आवश्यक हुन्छ ।
बाहिर गएर मन्दिरसम्म धाउनु भन्दा घरमै बसेर भक्ति र पूजा गर्न सकिन्छ ।
कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुने अवस्था छ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै घरलाई नै मन्दिर सम्झिएर नवरात्र मनाउनुपर्ने देखिन्छ ।
कोरोनाको कारण यतिबेला परिवारसँग रमाएर बस्नुको विकल्प नै छैन । साथीहरुसँग भेटघाट गर्ने अवस्था छैन ।
कोरोनाको प्रकोप फैलिएको बेलामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहायक सिद्ध हुने फलहरुको बढी प्रयोग गर्नु उपयुक्त हुनेछ ।