kGgf Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

पन्ना रत्न धारण का चमत्कारिक लाभ Panna Ratna | Emerald Gems

पन्ना बुध ग्रहको प्रतिनिधित्त्व गर्ने मूल्यवान् खनिज रत्न हो । पन्ना सामान्यतया वृष, सिंह, धनु र मेष लग्न र मिथुन र कन्या राशिका मानिसले धारण गर्दा अत्यन्तै लाभदायी हुनेछ । कुण्डलीमा बुध ग्रहको अनुकूल स्थिति नभएमापनि पन्ना धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पन्नामा एल्मुनियम, बेरिलियम सिलिकेट, ग्रेनाइट, पेग्मेटाईट र अन्य तत्त्वहरू हुन्छन् । यो भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, ब्राजिल, इटाली, इन्डोनेशिया, नर्वे आदिमा उच्च स्तरको पन्ना पाईन्छ । पन्नाको रंग सामान्यतया हरियो हुन्छ । पन्नाको उपरत्न जबरजद्द हो । पन्नालाई बुधवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले सुख एवं समृद्धि मिल्नेछ ।

विस्तृत जानकारीको लागी यो भिडियो हेर्नुहोला। तपाइ ग्रहको शुभप्रभावका लागी राशी तथा ग्रह अनुसार पत्थर लगाउन चाहानुहुन्छ भने उचित परामर्शको लागी गुरुजीलाइ सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्वर ९८४२२१९७३५ यहाँ भाइवर, इमो, ह्वाट्सअप पनि उपलब्ध छ।