आजको राशिफल बि.सं २०८२ वैशाख २१ गते आइतबार ई.सं २०२५ मे ४ नेपाल सम्बत ११४५ बछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २४ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शु?वात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १ मिनेट देखि ८ बजेर ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज रविसप्तमी व्रत, गङ्गा सप्तमी व्रत र विश्व हाँसो दिवस रहेको छ ।