ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० पुष ०५ गते बिहीबार ई.सं.२०२३ डिसेम्बर २१ नेपाल सम्बत ११४४ थिंलाथ्व नवमी,नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग शुक्ल नवमी, चन्द्रमा मीन राशिमा,रेवती नक्षत्र, वरियान योग, कौकल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ०५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४९ मिनेट देखि ०८ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
