daily rashifal 2020 july 15 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०७७ साल असार ३१ गते बुधबार Aajako Rashifal 2020 July 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल असार ३१ गते बुधबार
आजको राशिफल बि.सं.२०७७ साल असार ३१ गते बुधबार ई. सं. २०२० जुलाइ १५, नेपाल सम्बत ११४० दिल्लागा दशमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ७ ः २ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १८ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।