daily rashifal 2021 january 15 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल माघ २ गते शुक्रबार , Aajako Rashifal Nepali 2021 January 14

आजको राशिफल बि.सं. २०७७ साल माघ २ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २ गते शुक्रबार ई. सं. २०२१ जनवरी १५ नेपाल सम्बत ११४१ पोहेलाथ्व द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष शुक्ल द्धितीया, चन्द्रमा मकर राशिमा ५ः१९ सम्म त्यसपछि कुम्भ राशिमा, धनिष्ठा नक्षत्र ५ः.३१ सम्म त्यसपछि शतभिषा नक्षत्र, सिद्धि योग ४ः३४ सम्म त्यसपछि व्यतिपात योग, कौलब करण ८ः२१ सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज राष्ट्रिय भुकम्प सुरक्षा दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १६ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।