Daily rashifal 2022 December 24 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ पुष ९ गते शनिबार Daily rashifal 2022 December 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ पुष ९ गते शनिबार ई.सं.२०२२ डिसेम्बर २४ नेपाल सम्बत ११४३ पोहेलाथ्व पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, वृद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०९ मिनेट देखि ०९ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।आज तोल ल्होसार रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।