Daily Rashifal 2078 May 24 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल जेठ १० गते सोमबार Daily Rashifal 2078 May 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल जेठ १० गते सोमबार ई.सं.२०२१ मे २४ नेपाल सम्बत ११४१ बछलाथ्व त्रयोदशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ११ मिनेट देखि ०६ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।