ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० चैत ११ गते आइतबार ई.सं.२०२४ मार्च २४ नेपाल सम्बत ११४४ चिल्लाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल चर्तुदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, गण्ड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०२ बजे, सूर्यास्त साँझ ०६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०६ मिनेट देखि १० बजेर ३८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व क्षयरोग दिवस÷फागु पुर्णिमा (पहाडी जिल्ला) व्रत रहेको छ ।
