आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधबार| Daily Rashifal 2025 April 23

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधबार ई.सं २०२५ अप्रिल २३ नेपाल सम्बत ११४५ चिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३४ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३१ मिनेट देखि ७ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस रहेको छ ।