ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ फागुन ०३ गते आईतवार ई।सं। २०२५ फेब्रुअरी १५ नेपाल सम्बत ११४६ सिल्लागा त्रयोदशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण त्रयोदशी , चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ५४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर २९ मिनेट देखि १० बजेर ५३ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा महा शिवरात्री रहेको छ । त्यास्तै आज नेपाली सेना दिवस पनि रहेको छ ।
