ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८३ असार २७ गते शनिबार ई।सं। २०२६ जुलाई ११ नेपाल सम्बत ११४६ तछलागा द्धादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, असार कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५९ मिनेट देखि ०८ बजेर ४२ मिनेट सम्म रहेको छ ।यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
