ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु लाभ स्थानमा, केतु पञ्चम भावमा, शनि अष्टम भावमा र बृहस्पती कर्म भावमा हुनेछन । धनको स्थिति मध्यम रहनेछ। जीवनका सामान्य आवश्यकताहरू पूरा हुन जारी रहनेछन्। लगानी र सम्पत्तिको मामिलामा सावधान रहनुहोस्। धनको लाभको लागि नियमित रूपमा दान वा सेवा गर्नु शुभ हुनेछ । प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा लागेकाहरुले सफलता पाउन अझै केही समय कुर्नुपर्नेछ । जागिर खोज्नेहरूले वर्षको बीचमा राम्रो परिणाम प्राप्त गर्नेछन्। । राहु शुभ फलदायी रहेकाले सुख शान्ति मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । नोकरीका साथै नयाँ व्यवसायका अवसरहरु मिल्नेछन् । तर वृहस्पति, शनि, र केतु प्रतिकुल रहनाले सन्तानमा पिडा, अनावश्यक धन खर्च, शत्रुवृद्धि, दुःख, धर्ममा मन नजाने जस्ता अशुभ फल प्राप्त हुने भएकाले अशुभ फलबाट बच्नका लागि वृहस्पति, शनि र केतुको शान्ति गर्नुपर्नेछ । वर्षारम्भमा स्वास्थ्य सम्बन्धि समस्याले सताए पनि मार्गपछि स्वास्थ्यमा सुधार आउनेछ । इष्र्या, डाहा, गर्ने व्यक्तिहरु बढेता पनि मान सम्मान मिल्नेछ । वैदेशिक क्षेत्रका काम अधुरा रहनेछन् । पशु व्यवसाय र व्यापारबाट राम्रो लाभ हुनेछ । पठनपाठनमा जाँगर घट्नेछ । पछि लाभ हुने काममा ठूलै धन राशि खर्च हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, मंसिर र चैत महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग हरियोे र सुन्तला, शुभ बार बुधाबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान बिष्णु को स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिथुन राशि लाई यो वर्ष अढैया शनिको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।