वि.सं. २०७९ सालको  बृश्चिक राशिफल Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

वि.सं. २०७९ सालको  बृश्चिक राशिफल | Yearly Brischik Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक बृश्चिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

बृश्चिक राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु छैठांै भावमा, केतु व्यय भावमा, शनि तृतीय भावमा र बृहस्पति पञ्चम भावमा गोचर गर्नेछन नियमित धन आवागमन हुनेछ । रोकिएको वा डुबेको धन प्राप्त हुनेछ। यो वर्ष उपस्थितिमा पैसा बर्बाद नगर्नुहोस्। धनको राम्रो अवस्थाको लागि शनि मन्त्रको जप गर्नुहोस्। तपाईं मानसिक रूपमा धेरै हदसम्म तनावमा रहनुहुनेछ, जसले तपाईंको जीवनका विभिन्न क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्नेछ। स्वास्थ्यको ख्याल गर्नुका साथै खानपानमा विशेष ध्यान दिनु होला । समग्रमा राम्रो वर्ष रहनेछ । वृहस्पति, शनि र राहु यसवर्ष शुभ फलदायी रहनाले नसोचिएका राम्रा कामहरु पूरा हुनेछन् । सुख सन्तुष्टि बढ्नेछ । पेशा सफल रहनाले राम्रै लाभ मिल्नेछ । अध्ययनबाट सफलता मिल्नेछ । परिवारमा मांगलिक कार्यहरु हुनेछन् । शत्रुहरुले शिर निहुराउन थाल्नेछन् । तर केतु अशुभ रहनाले शत्रुभय र पिडाको सामना गरिरहनु पर्नेछ । नोकरी गर्ने व्यक्तिहरुका लागि मानसम्मान बढ्ने अवसर मिल्नेछ । उन्नति प्रगति दे्ख्न नसकेर आफन्तले नै कुरा काट्न र हरेक काममा तगारो हाल्न थाल्नेछन् । व्यापार बाट राम्रै लाभ भए पनि पशु व्यवसायमा लागेका व्यक्तिहरुले हानी नोक्सानी सहनुपर्ने छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना लाभदायक छन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जी को प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।