वि.सं. २०७९ सालको  मकर राशिफल Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

वि.सं. २०७९ सालको  मकर राशिफल | Yearly Makar Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मकर राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मकर राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु चतुर्थ भावमा, दशम भावमा, शनि प्रथम भावमा र बृहस्पति तृतीय भावमा गोचर गर्नेछन । नोकरी र व्यवसायमा प्रगति हुनेछ । घरजग्गा खरिदबिक्रीको सम्भावना छ । पुरानो ऋण चुक्ता गर्ने र बचतको योग हुनेछ। विवाहित व्यक्तिहरूको जीवनमा केही सानातिना समस्याहरू देखा पर्न सक्छन, वर्षको मध्य पछिको समय तपाईंको वैवाहिक जीवनको लागि उत्तम तर्फ संकेत गरिरहेको छ। वृहस्पति, शनि, राहु, केतु ग्रहहरु यस वर्ष अशुभ स्थानमा रहनाले, स्वास्थ्य सम्बन्धि समस्या पर्ने, डर त्रासको अवस्था आउने, सम्पतिको दुरुपयोग र नाशले मन अशान्त रहने, शत्रुहरु बढ्नेजस्ता फलहरु प्राप्त हुने भएकाले शूभफल प्राप्तिका लागि उक्त ग्रहहरुको पूजा, पाठ आदि शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । कामका अवसरहरु यस वर्ष प्राप्त हुनेछन् । अध्ययन क्षेत्र सुधारतर्फ जानेछ । वैदेशिक क्षृेत्रका कामहरु बन्नेछन् । पशु व्यवसाय र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । नोकरीमा थुप्रै अपसज खप्नु परेपनि मानसम्मान बढ्नेछ । परिवारमा बढोत्तरी हुनेछ । स्वदेशी र वैदेशिक दुवै व्यापारबाट राम्रै मुनाफा मिल्ने छ । आर्थिक दृष्टिले असार, कात्र्तिक, मंसिर र चैत्र महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग खैरो र निलो, शुभ बार बिहिबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मकर राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।