ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
सिंह राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु नवम भावमा, केतु तृतीय भावमा, शनि छैठौं भावमा र बृहस्पति अष्टम भावमा गोचर गर्नेछन । सुरुमा धनको सम्बन्धमा समस्या आउन सक्छ। बिस्तारै आर्थिक स्थितिमा सुधार आउनेछ । सम्पत्ति बनाउन वा किन्न सक्छ। धनको राम्रो स्थितिको लागि, नियमित रूपमा शनि मन्त्रको जप गर्नु शुभ हुनेछ। यो वर्ष तपाईले क्षेत्रमा धेरै सकारात्मक नतिजाहरू प्राप्त गर्नुहुनेछ, जसका कारण तपाईले अपार सफलता प्राप्त गर्न सक्नुहुनेछ। परीक्षामा सफलता मिल्ने सम्भावना पनि रहनेछ । शुभ समय रहेको छ । शनि फलदायी रहनाले रोग र शत्रुबाट छुट्करा मिल्नेछ । यसवर्ष पछि लाभ हुने उद्योग व्यवसायको थालनी हुनेछ । केतुका कारण सुख शान्ति मिल्नेछ । हरेक काममा इष्टमित्र दाजुभाइको सहयोग मिल्नेछ । राहु र वृहस्पति अशुभ रहनाले दुर्घटनाको भय, पाप कर्म र परधनमा आशक्ति बढ्नेछ । राहु र वृहस्पतिको शान्ति गर्नाले अशुभ बाट बच्न सकिन्छ । परिवार बढोत्तरी हुनेछ । पठनपाठनमा जागँर घट्नेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान भई पारिवारिक सुख सन्तोष मिल्नेछ । कृषि र पशुव्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक व्यापार र वैदेशिक कामबाट हुने आम्दानी घट्नेछ । आर्थिक दृष्टिले जेठ, असार, असोज, र पुष महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक १, शुभ रंग रातो र गुलाबि, शुभ बार आईतबार र सोमबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान सुर्य लाई जल चढाउनु, प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।