आजको राशिफल बि.सं. २०७८ साल फागन २२ गते आइतवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २२ गते आइतवार ई.सं.२०२२ मार्च ६ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल चतुर्थि राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, अश्वीनी नक्षत्र, ब्रम्हा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः२३ बजे, सूर्यास्त साँझ ६ः६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १९ मिनेट देखि १० बजेर ४७ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल चतुर्थी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
