आजको राशिफल बि.सं २०८१ चैत्र १८ गते सोमबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ चैत्र १८ गते सोमबार | Daily Rashifal 2025 March 31

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १८ गते सोमबार ई.सं २०२५ मार्च ३१ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वितीया नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल द्वितीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५५ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५५ मिनेट देखि ७ बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज मत्स्य जयन्ती व्रत, मत्स्यनारायण मेला, विश्व अटिजम जागरुकता दिवस पनि रहेको छ ।