ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ फाल्गुण १२ सोमबार ई.सं २०२५ फेब्रवरी २४ नेपाल सम्बत ११४५ सिल्लागा एकादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण एकादशी, चन्द्रमा धनु राशिमा, पुर्वाषढा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः३२ बजे, सूर्यास्त साँझ ०६ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३२ मिनेट देखि ०७ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विजय एकादशी व्रत रहेको छ ।