आजको राशिफल बि.सं २०८१ फाल्गुण २३ गते शुक्रवार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ फाल्गुण २३ गते शुक्रवार | Daily Rashifal 2025 March 7

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ फाल्गुण २३ गते शुक्रवार ई.सं २०२५ मार्च ०७ नेपाल सम्बत ११४५ चिल्लाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ०६ः०७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५० मिनेट देखि ९ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।