ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ १० गते बिहीबार ई.सं.२०२५ जनवरी २३ नेपाल सम्बत ११४५ पोहेलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण नवमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।