ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ २८ गते सोमबार ई.सं २०२५ फेब्रवरी १० नेपाल सम्बत ११४५ सिल्लाथ्व त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, माघ शुक्ल त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, प्रीति योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४४ बजे, सूर्यास्त साँझ ०५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐना हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४४ मिनेट देखि ८ बजेर ८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोम प्रदोष व्रत रहेको छ ।