आजको राशिफल बि.सं २०८१ माघ ३० गते बुधबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ माघ ३० गते बुधबार | Daily Rashifal 2025 February 12

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ ३० गते बुधबार ई.सं २०२५ फेब्रवरी १२ नेपाल सम्बत ११४५ सिल्लाथ्व पुन्हि, नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल पुन्हि, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सौभाग्य योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ०५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धँनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४३ मिनेट देखि ८ बजेर ६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज श्री स्वस्थानी व्रत समाप्ती÷पूर्णिमा व्रत÷माघ स्नान समाप्ती रहेको छ ।