आजको राशिफल बि.सं २०८२ वैशाख १६ गते मङ्गलबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८२ वैशाख १६ गते मङ्गलबार | Daily Rashifal 2025 April 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १६ गते मङ्गलबार ई.सं २०२५ अप्रिल २९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वितीया, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सौभाग्य योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ४३ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज परशुराम जयन्ती, अन्तर्राष्ट्रिय नृत्य दिवस रहेको छ ।