ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ वैशाख ०७ गते शुक्रबार ई.सं.२०२४ अप्रिल १९ नेपाल सम्बत ११४४ चौलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३५ बजे, सूर्यास्त साँझ ०६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १२ मिनेट देखि ०८ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कामदा एकादशी व्रत रहेको छ ।