आजको राशिफल बि.सं. २०७८ साल पुष २८ गते बुधवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल पुष २८ गते बुधवार ई.सं.२०२२ जनवरी १२ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल दशमी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, साध्य योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । आज पुष शुक्ल दशमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
