आजको राशिफल बि.सं. २०७८ साल पुष १८ गते आइतवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल पुष १८ गते आइतवार ई.सं.२०२२ जनवरी २ नेपाल सम्बत ११४१ थिंलागा औशी पुष कृष्ण औशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण औशी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वृद्धि योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३१ मिनेट देखि १० बजेर ४९ मिनेट सम्म छ । आज पुष कृष्ण पौषे औशी तिथी, गोकर्ण, बराहक्षेत्र आदिमा तिर्थ श्राद्ध रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
