ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १८ गते बुधवार ई.सं. २०२५ सेप्टेम्बर ०३ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल एकादशी , चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ तिल वा धनिया राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४३ मिनेट देखि ०७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा हरिपरिवर्तिनी एकादशी व्रत रहेको छ|
