ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ ०२ गते सोमबार ई.सं. २०२५ अगस्त १८ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, भदौ कृष्ण दशमी , चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, हर्षण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरीर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि अमृत समय बिहान ०५ बजेर ३६ मिनेट देखि ०७ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ |
