daily rashifal 2020 august 16 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन ३२ गते आइतबार Aajako Rashifal 2020 August 16

आजको राशिफल बि.सं. २०७७ साल साउन ३२ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन ३२ गते आइतबार ई. सं. २०२० अगस्त १६, नेपाल सम्बत ११४० गुंलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्धादशी चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वज्र योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६ ः ४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १२ बजेर ८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।