आजको राशिफल बि.सं. २०७७ साल साउन १९ गते सोमबार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल साउन १९ गते सोमबार ई. सं. २०२० अगस्त ३, नेपाल सम्बत ११४० गुल्लाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पुर्णिमा चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र, प्रीति योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ६ ः ५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २९ मिनेट देखि ७ बजेर ९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।