ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष १४ गते ंमंगलबार ई. सं. २०२० डिसेम्वर २९ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुदशीर्, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुदर्शी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र ५ः.४७ सम्म त्यसपछि आद्र्रा नक्षत्र, शुक्ल योग ४ः२४ सम्म त्यसपछि ब्रह योग, वणिज करण ८ः१३ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४८ मिनेट देखि १ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।