daily rashifal 2020 decembsr 14 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर २९ गते सोमबार AajakoRashifal 2020 December 14

आजको राशिफल बि.सं. २०७७ साल मंसिर २९ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर २९ गते सोमबार ई. सं. २०२० डिसेम्वर १४ नेपाल सम्बत ११४१ कछलागा आमै, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण औशी, चन्द्रमा वृश्चिक राशिमा ११ः४१ सम्म त्यसपछि धनु राशिमा, ज्येष्ठा नक्षत्र ११ः४२ सम्म त्यसपछि मूल नक्षत्र , शूल योग १ः६ सम्म त्यसपछि गण्ड योग, चतुष्पद करण ११ः३४ सम्म त्यसपछि किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज सोमबारे औंशी व्रत परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ४७ मिनेट देखि ८ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।