ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष २० गते सोमबार ई. सं. २०२१ जनवरी ४ नेपाल सम्बत ११४१ थिंलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा १ः२० सम्म त्यसपछि कन्या राशिमा, पूर्व फाल्गुनी नक्षत्र ७ः.३३ सम्म त्यसपछि उत्तरफाल्गुनी नक्षत्र, आयुष्मान योग ८ः१३ सम्म त्यसपछि शोभान योग, तैतल करण ७ः३२ सम्म त्यसपछि विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५६ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।