
आजको राशिफल बि.सं. २०७७ साल साउन ११ गते आइतबार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल साउन ११ गते आइतबार ई. सं. २०२० जुलाइ २६, नेपाल सम्बत ११४० गुल्लाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ ः ५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४८ मिनेट देखि १२ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।