ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ १३ गते मंगलबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ १३ गते मंगलबार ई. सं. २०२० मे २६, नेपाल सम्बत ११४० तछलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल चतुर्थी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि १ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।