daily rashifal 2020 november 11 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २६ गते बुधबार Aajako Rashifal 2020 November 11

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २६ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक २६ गते बुधबार ई. सं. २०२० नोभेम्वर ११ नेपाल सम्बत ११४० कौलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण एकादशी , चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वैधिती योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः२२ बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज रमा एकादशी व्रत परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे २२ मिनेट देखि ९ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।