
आजको राशिफल बि.सं. २०७७ साल मंसिर ५ गते शुक्रबार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर ५ गते शुक्रबार ई. सं. २०२० नोभेम्वर २० नेपाल सम्बत ११४१ कछलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल षष्ठी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, गण्ड योग, कौलब करण । नेपालमा सूर्योदय बिहान ०६ः२९ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तराष्ट्रिय बाल दिवश र छठपर्व परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजरे ४९ मिनेट देखि १ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।