daily rashifal 2020 november 29 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १४ गते आईतबार Aajhako Rashifal 2020 November 29

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १४ गते आईतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर १४ गते आईतबार ई. सं. २०२० नोभेम्वर २९ नेपाल सम्बत ११४१ कछलाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल चतुर्दशी, चन्द्रमा मेष राशिमा १०ः१५ मिनेट सम्म त्यसपछि वृष राशिमा गोचर गर्नेछन् । कृत्तिका नक्षत्र, परिधि योग १०ः २० मिनेट सम्म त्यसपछि शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः३६ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजरे १४ मिनेट देखि ११ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।