आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २४ गते सोमबार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल कार्तिक २४ गते सोमबार ई. सं. २०२० नोभेम्वर ९ नेपाल सम्बत ११४० कौलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण नवमी , चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ब्रम्हा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व स्वतन्त्रता दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे २१ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।