daily rashifal 2020 october 11 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल असोज २५ गते आइतबार Aajako ashifal 2020 October 11

आजको राशिफल बि.सं. २०७७ साल असोज २५ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज २५ गते आइतबार ई. सं. २०२० अक्टुवर ११, नेपाल सम्बत ११४० अनालागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण नवमी, चन्द्रमा कर्कट राशिमा, पुस्य नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः०२ बजे, सूर्यास्त साँझ ५ ः ३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य वा दिवश परेको छैन । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५६ मिनेट देखि ११ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।