daily rashifal 2020 september 29 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल असोज १३ गते मंगलबार Aajako Rashifal 2020 September 29

आजको राशिफल बि.सं. २०७७ साल असोज १३ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज १३ गते मंगलबार ई. सं. २०२० सेप्टेम्बर २९, नेपाल सम्बत ११४० अनालाथ्व त्रयोदशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल त्रयोदशी चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शूल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्त साँझ ५ ः ५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । । आज कुनैपनि महत्वपूर्ण दिन वा दिवश परेको छैन । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।